back
CTIZAN AD

धान बालीमा रोग

वि.सं.२०७६ भदौ १९ बिहीवार

978 

shares

१८ भदौ, लमही । जिल्लामा किसानले लगाएको धान बालीमा विभिन्न खाले रोग देखापरेको छ । धानमा गबारो, ब्लास्ट, खैरारोग देखापरेपछि किसान चिन्तित भएका छन् । धानमा रोग देखा परेपछि किसान उत्पादन घट्ने चिन्तामा छन् ।

“गबारो रोगले धान बाली सखाप पार्न थाल्यो”, तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका कमला वलीले भनिन । धान बालीमा रोग देखिएपछि किसान तुलसीपुरका विभिन्न एग्रोभेटमा र कृषि विकास शाखामा समस्या लिएर आउने गरेका छन् । दैनिक ८÷१० जना कृषक धानको बोट बोकेर आउन गरेको तुलसीपुरस्थित एग्रो नेपाल प्रालिका प्राविधिक माधव केसीले जानकारी दिए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखामा पनि किसान दैनिक यस्तै समस्या लिएर आउने गरेको कृषि प्राविधिक कुलराज चौधरीले जानकारी दिए । “धेरैजसो किसानको धानमा गबारो, ब्लाष्ट रोग देखा परेको छ”, प्राविधिक चौधरीले भने । जिल्लाका बबई, शान्तिनगर, दङ्गीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ठाउँमा धान बालीमा विभिन्न रोग रोग देखिएको छ । त्यस्तै रोगको प्रकृति हेरेर औषधि प्रयोग गर्न सुझाव दिएको प्राविधिक बताउँछन् । धेरैजसो हाइब्रिड जातको धानमा सो रोग देखापरेको छ । प्राविधिक चौधरीले भने, “यस वर्ष प्राप्त मात्रामा वर्षात् हुन सकेको छैन त्यस कारणले पनि रोगको समस्या देखिएको छ ।”

धान बालीमा लागेको रोग समयमै उपचार गरे हट्ने बताइएको छ । धान बालीमा ब्लास्ट रोगका लागि ‘हेक्जाकोनाजोल’ र गबारोका लागि ‘कोलेरो पाइरिफस्ट’ वा ‘साइपरमेथ्रिन’ साँझ वा बिहान प्रयोग गर्न सल्लाह दिएको प्राविधिक चौधरीले जानकारी दिए । त्यस्तै मकै बालीमा डाँठ कुहिने रोग देखापरेको छ । धेरैजसो रातो माटो भएको स्थानमा यस्तो समस्या देखिएको बताइएको छ । समाधानका लागि बाली लगाउनुपूर्व माटोको उपचार गर्नुपर्ने प्राविधिकले सुझाव दिएका छन् । जिल्लामा करीब २३ हजार हेक्टरमा मकै बाली र ३६ हजार हेक्टरमा धान खेती गरिएको छ ।
(रासस)

वि.सं.२०७६ भदौ १९ बिहीवार १०:०९ मा प्रकाशित

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...