back
CTIZAN AD

नेपालमै पहिलोपटक ‘अर्गानिक कृषि’ विषय पढाइने

वि.सं.२०७६ भदौ १९ बिहीवार

1.1K 

shares

१९ भदौ, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले नेपालमै पहिलोपटक स्नातक तहमा कृषि विज्ञानअन्तर्गत अर्गानिक कृषि विषय पढाउने भएको छ ।

अर्गानिक कृषि विषय पढाइरहेको जर्मनीको क्यासल युनिर्भसिटीका प्रोफेसर पिटरको सहयोगमा एमयुले यससम्बन्धी पाठ्यक्रमको रुपरेखा तयार पारेको हो ।

विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले स्नातक तहको कृषि विज्ञान (बिएस्सी–एजी) अन्तर्गत आठ वटा सेमेष्टर रहने गरी अर्गानिक कृषिसम्बन्धी पाठ्यक्रम निर्माण भइरहेको जानकारी दिए ।

उनका अनुसार सन् २०२१ देखि विश्वविद्यालयले कृषि सङ्काय शुरु गर्नेछ । त्यसकै तयारीका लागि वीरेन्द्रनगरस्थित केन्द्रीय क्याम्पस र पूर्वी सुर्खेतको रामघाट तथा पश्चिम सुर्खेतको चौकुनेमा कृषि विज्ञान क्याम्पस सञ्चालनका लागि विश्वविद्यालयले सम्बन्धन दिइसकेको छ ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक डा लीलाधर तिवारीले कर्णाली सरकारले ‘अर्गानिक प्रदेश’ घोषणा गरिसकेकाले विश्वविद्यालयले पनि यसलाई प्राथमिकतामा राखेको बताए । “प्रदेश सरकारले अर्गानिक कृषि उत्पादनलाई मुख्य जोड दिइ लगानी गरिरहेको छ, विश्वविद्यालयले पनि कृषि विज्ञानमा यो विषय समेट्नुपर्छ भन्ने सोच बनायो”, उनले भने, “कर्णालीका प्राकृतिक स्रोतसाधन ‘भर्जिन’ भएकाले विश्व बजारमा बिक्ने गरी शैक्षिक जनशक्ति उत्पादन गर्नुका साथै यहाँको कृषि विकासमा टेवा पु¥याउन अर्गानिक कृषि विषयको अवधारणा ल्याएका हौँ ।” निर्देशक डा तिवारीले प्रदेश सरकारसँग समन्वय गरेर कृषि सङ्काय सञ्चालन गरिने बताए ।

विश्वविद्यालयले पाठ्यक्रम निर्माणका सिलसिलामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित विभागीय मन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष एवं कृषि विज्ञ प्रा डा पुण्यप्रसाद रेग्मी, अर्गानिक कृषि फार्म उद्यमी, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक र कृषिसँग सम्बन्धित सरोकारवालासँग राय सुझाव सङ्कलन गरेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा रासायनिक विषादी नियन्त्रण गर्न सुर्खेतको हर्रे र सल्यानको कपुरकोट नाकामा विषादी प्रयोगशाला निर्माण गर्न बजेट विनियोजन गरिसकेको छ भने प्रत्येक जिल्लामा एक÷एक वटा ‘अर्गानिक भिलेज’ स्थापना गर्ने भएको छ ।

शिक्षाशास्त्र सङ्कायका सहायक डीन एवं अर्गानिक कृषि कार्यक्रमका फोकल पर्सन विष्णुकुमार खड्काले जर्मन प्रोफेसर पिटरसहितको पाठ्यक्रम निर्माण टोलीले यस अवधिमा कृषि उत्पादनको राम्रो सम्भावना बोकेका दैलेखका गुराँस गाउँपालिका, सुर्खेतको चौकुने गाउँपालिका र लेकबेंसी नगरपालिकामा पर्ने दशरथपुरको स्थलगत अवलोकन गरी किसानसँग छलफल गरेको जानकारी दिए ।

पिटर अर्गानिक कृषि विषयमा ३५ वर्षदेखि अनुभव सङ्गालेका जर्मन प्रोफेसर हुन् । उनी कार्यरत जर्मनीको क्यासल युनिर्भसिटी र सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयबीच अर्गानिक कृषि कार्यक्रम सञ्चालनका सम्बन्धमा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गर्ने योजना रहेको छ ।
(रासस)

वि.सं.२०७६ भदौ १९ बिहीवार १०:३३ मा प्रकाशित

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

तुलसीपुर (दाङ) । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...