back

अब किसानको बारीबाटै स्याउ ढुवानी गरिने

वि.सं.२०७६ भदौ १९ बिहीवार

177 

shares
RBB AD
NTC AD

१९ भदौ, बाजुरा । कृषकले उत्पादन गरेको स्याउ यस वर्ष बारीबाटै ढुवानी गरिने भएको छ । कृषि ज्ञान केन्द्रको चालु आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्यक्रमअनुसार स्याउको बजार प्रवद्र्धन गर्ने उद्देश्यले स्याउ बारीबाटै ढुवानी गरिने भएको हो ।

बारीबाटै स्याउ ढुवानी गर्न कृषि ज्ञान केन्द्रले भदौ १७ गते सूचना जारी गरेको छ । सहकारी, कृषि फार्म, कृषक समूह, उद्यमी कृषकलगायतलाई स्याउ ढुवानी गर्नका लागि प्रस्ताव पेश गर्न केन्द्रले आह्वान गरेको छ । स्याउ ढुवानीकर्ताले ६०० क्विन्टल स्याउ ढुवानी गर्नुपर्नेछ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको स्याउबारीदेखि पिलुचौरसम्म ४०० क्विन्टल र जगन्नाथ गाउँपालिकाको स्याउबारीदेखि पिलुचौरसम्म १३० क्विन्टल स्याउ ढुवानी गर्न प्रतिकिलो १८ रुपैयाँ ५० पैसा ढुवानी अनुदान दिइने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बताए ।

यस्तै बूढीनन्दा नगरपालिकाको कोल्टीबजारदेखि सदरमुकाम मार्तडीसम्म २० क्विन्टल स्याउ ढुवानी गर्न प्रतिकिलो १८ रुपैयाँ ९० पैसा तथा बूढीनन्दा नगरपालिकाकै पाण्डुसेनको हिमाली स्कूलदेखि मार्तडीसम्म ५० क्विन्टल स्याउ ढुवानी गर्न प्रतिकिलो १३ रुपैयाँ ५ पैसामा ढुवानी अनुदान दिइने जैशी बताउनुहुन्छ । बूढीनन्दा नगरपालिका तथा स्वामीकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिकामा यस वर्ष स्याउ उत्पादनमा वृद्धि भएको छ । ढुवानी समस्याका कारण कृषकलाई स्याउ बिक्री गर्न समस्या हुने गरेको छ । जिल्लामा २२० हेक्टरमा स्याउखेती हुने गरेको छ । रासस

वि.सं.२०७६ भदौ १९ बिहीवार ११:१४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आयआर्जनको माध्यम बनेपछि महाभारतको किसानलाई कफीको बिरुवा वितरण

आयआर्जनको माध्यम बनेपछि महाभारतको किसानलाई कफीको बिरुवा वितरण

धुलिखेल । पछिल्लो समयमा किसानको आयआर्जनको माध्यम कफीखेती बन्न थालेपछि...

असारको पहिलो साता  नै धान रोप्ने चटारो पर्यो भक्तपुरका किसानलाई

असारको पहिलो साता नै धान रोप्ने चटारो पर्यो भक्तपुरका किसानलाई

भक्तपुर । यसवर्ष मनसुन चाँडै सुरु भएपछि भक्तपुरका किसानलाई धान...

कावासोतीमा जुगेडी किसान सङ्घर्ष दिवस मनाइयो

कावासोतीमा जुगेडी किसान सङ्घर्ष दिवस मनाइयो

नवलपुर । नवलपुर जिल्लाको कावासोती नगरपालिका-१५ सेरगन्ज मुसहर बस्तीमा ४७...

दुबईमा बीस वर्ष बसेर फर्किएका वलीले भैँसी पालनबाट मासिक तीन लाख भन्दा बढी आम्दानी गर्छन्

दुबईमा बीस वर्ष बसेर फर्किएका वलीले भैँसी पालनबाट मासिक तीन लाख भन्दा बढी आम्दानी गर्छन्

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका –६ बचाहामा बाबुराम वलीले विगत तीन...

अहिलेसम्म धान र कोदो रोप्न पाएनन जुम्ली किसानले

अहिलेसम्म धान र कोदो रोप्न पाएनन जुम्ली किसानले

जुम्ला । वर्षा नहुँदा यहाँका किसानलाई सास्ती भएको छ ।...

अविलम्ब दुध किसानहरूको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण

अविलम्ब दुध किसानहरूको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण

काठमाडौं । संसदमा अविलम्ब दुध किसानहरूको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण...