back

कोदोको बीउ पाउनै मुस्किल

वि.सं.२०७६ भदौ १९ बिहीवार

42 

shares

१९ भदौ, बैतडी । पछिल्लो समय कोदो खेतीतर्फ किसानको आकर्षण घट्नुका साथै बीउ पाउनसमेत महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेका हुन् । केहीले फाट्टफुट्ट रुपमा घरायसी प्रायोजनका लागि मात्र कोदोखेती गर्ने गरेको पाइन्छ । कुनै समय सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङ र बाजुरामा प्रशस्त मात्रामा कोदोखेती गरिन्थ्यो । अहिले ती जिल्लामा कोदो लोप हुने अवस्थामा पुगेको छ । स्वास्थ्यका लागि निकै फाइदाजनक मानिएको कोदोखेतीतर्फ किसानको आकर्षण घट्दै गएको सुर्नया गाउँपालिका–३ का प्रेमसागर भट्ट बताउछन् ।
आयातित खाद्यान्नमा पोषक तत्व कम पाइने भएकाले पछिल्लो समय बालबालिकामा कुपोषणबाट ग्रस्त भएको श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटले बताए । कोदो, मादुरो, भटमासलगायत बालीको महत्वबारे जानकारी दिनुपर्नेमा उनि जोड दिन्छन् । “पुराना बालीमा पाइने पोषकतत्वका विषयमा ज्ञान नहुँदा लोप हुन थालेका हुन”, उनले भने ।

दार्चुलाको लेकम गाउँपालिकाका गणेश कार्की कोदो, मादुरो, जौँलगायत बाली लगाउन किसानलाई प्रेरित गर्नुपर्ने बताउछन् । “भैँसीपालन घटेसँगै यी बाली पनि लोप हुँदै गएका छन”, उनले भने । कोदो खेतीतर्फ किसानलाई आकर्षित गराउन स्थानीय तहले विषेश योजना ल्याउनुपर्नेमा कार्कीले जोड दिए । अन्य खेतीभन्दा कोदोखेतीमा बढी मेहनत गर्नुपर्ने भएकाले पनि आकर्षण घट्दै गएको हो । बैतडीमा गत वर्ष ४६४ मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । जिल्लामा गत वर्ष करीब ३०० हेक्टरमा कोदोखेती गरिएको थियो । रासस

वि.सं.२०७६ भदौ १९ बिहीवार ११:३४ मा प्रकाशित

किसानको गुनासो-कफीले प्रतिफल दिएन

किसानको गुनासो-कफीले प्रतिफल दिएन

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता...

काठमाडौंबाट १५ सयको बिरुवा बोकेर गाउँ पुगेका पाइजा गर्छन् किबीबाट मनग्य आम्दानी

काठमाडौंबाट १५ सयको बिरुवा बोकेर गाउँ पुगेका पाइजा गर्छन् किबीबाट मनग्य आम्दानी

गलकोट (बागलुङ) । बडिगाड गाउँपालिका–५ ग्वालिचौरका ६० वर्षीय मेहरसिंह पाइजाले...

उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा बेच्दै सर्लाहीका किसान

उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा बेच्दै सर्लाहीका किसान

सर्लाही । सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै...

आकर्षक मूल्यमा बिक्री हुँदै पहाडी क्षेत्रका अगौटे सुन्तला

आकर्षक मूल्यमा बिक्री हुँदै पहाडी क्षेत्रका अगौटे सुन्तला

चितवन । चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले...

कृषि कर्मबाटै चिनिएका गुप्तप्रसाद, सुन्तला खेतीमा प्रसन्न

कृषि कर्मबाटै चिनिएका गुप्तप्रसाद, सुन्तला खेतीमा प्रसन्न

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट–११ का गुप्तप्रसाद रेग्मी पहिलो स्थानीय...

उखु किसान सरकारी अनुदानबाट वञ्चित

उखु किसान सरकारी अनुदानबाट वञ्चित

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित...