back
CTIZAN AD

हाम्रा समस्या र तिनको समाधानमा ज्ञान र संस्कारी क्षमताको खाँचो

वि.सं.२०७६ भदौ १९ बिहीवार

720 

shares

काठमाण्डौका नदी किन सुके ? यहाँका नदी सबै फरेष्ट–फेड अर्थात् रेन–फेड हुन्, स्नो–फेड अर्थात् हिमनदी हैनन् । वस्ति बढ्दै गयो, जंगल मासिदै गयो, परेको पानी जमिनमा अड्न पाएन अनि नदी सुक्दै गए । सुकेका नदीमा प्रदुषित पानी र ढल, ठोस फोहर डम्पिंग गरेर थप संकट निम्त्याईयो । नदी सफा गरेर हुदैन, रिभाईभ गर्नुपर्छ । यसका निम्ति नदी ब्यवस्थापन मन्त्रालय र नदी व्यवस्थापन कानुनको टड्कारो खाँचो छ ।

नदीमा ढल र पर्खाल लगाउँदैमा, अर्बौंको बजेट सिध्याउनमा रमाउदैमा उपलव्धि ठान्नु मुर्खता हो र त्यो निकट भविष्यमा अवश्य प्रमाणित पनि हुनेछ । बैज्ञानिक, प्राविधिक सामाजिक, संस्कारगत र कानुनी सबै पक्षमा समग्र युद्ध (टोटल वार) नगरी नदीहरू पुनर्जिवित हुनेवाला छैनन् । समिति गठन र राजनीतिक नियुक्तिले गाँड झिक्नु भन्दा थप्ने गरिरेहेको बुझेकै कुरा हो । यसलाई गंभीर ढंगमा बैज्ञानिक ढंगमा सम्बोधन गर्न एक शक्तिशाली नदी आयोग वा प्राधिकरण गठन गर्दा पनि हुन्छ ।

पंचायत होस् कि, बहुदल होस् कि, राजतन्त्र होस् कि, गणतन्त्र होस् कि, संघीयता होस् या राज्यसत्ता र संचालकहरूको संस्कारमा कुनै उन्नति भएको छैन, बरू झन् झन् कुसंस्कारित हुदै गएको छ । गाडी नयाँ नयाँ फेर्ने, चालक उही पुराना र कोही नयाँ झुल्के पनि तिनै पुरानाबाट दीक्षित रहदै आएको छ । त्यसैले हाम्रा शासन–प्रशासनतन्त्र लुगा फेर्दै जादा पनि शरीर र अनुहारमा कुनै सुन्दरता र आभा देखिएन, बरू झन् झन् कुरूप बन्दै गएको छ ।

यसैगरी, काठमांडौ, ललितपुर र भक्तपुरको ठोस फोहर मैलालाइ आफ्नै स्थानीय तहमा सुरक्षित थान्को लगाउन नसक्ने हो भने अब संघीयताले गर्दा अन्तरस्थानीय तहका सरकारबीच नयाँ नयाँ जटिल झमेलाल् याउने निश्चित छ । सहरमा आउने खानेपानीका मुहान पनि अर्कै स्थानीय सरकारको भौगोलिक क्षेत्रमा छन् । यिनमा पनि समस्या देखिने छ । स्थानीय सरकारहरु संवैधानिक सरकार हुन् र केन्द्रीय सरकार जत्तिकै आ–आफ्ना क्षेत्रमा शक्तिशाली र अधिकारसम्पन्न छन् । यस्तोमा स्थानीय सरकारहरु बीचमा आफै समस्या समाधान गर्ने संयन्त्र निर्माण गर्नुपर्नेछ नत्र संवैधानिक अधिकारका निम्ति अड्डा अदालती झमेलामा फस्दै जाने निश्चित देखिन्छ ।मानिस फुर्सदिलो हुँदा हैन, दिमागी कचडा मिल्काएर शान्त हुँदैजादा क्रियटिभ हुदै जान्छ । यी यस्ता समास्याहरूमा ध्यानमग्न हुन जरूरी छ ।

यसका निम्ति संस्कारगत दृष्टिले आपसी सहयोगी भावना राख्नुपर्छ, कर्म पनि सहयोगी हुनुपर्छ । यो यसकारण हैन कि सहयोग गरिएको मान्छेले पछि आफूलाई गाह्रो पर्दा सहयोग गर्नेछ–अक्सर त्यसो हुदैन, सहयोग गरिएको मध्ये ९९५ ले तपाईलाई सहयोग गर्दैनन् । यो यसकारण हो कि, तपाईलाई तिनले सहयोग गर्नेछन् जसलाई तपाईले कहिले सहयोग गर्नु परेन वा गर्नु भएन । सहयोग अरूलाई हैन आफैलाई गरिएकोले कसको हातबाट आफूलाई सहयोग मिल्छ त्यो भन्न संभव हुदैन । ककसलाई सहयोग गरियो त्यो संझिरहनु वेकार हो । यस्तो समाज दर्शन पनि बोध हुन जरूरी छ ।

मेरो आफ्नै जीवनमा मैले जसलाई सहयोग गरें उसबाट हैन, जसलाई सहयोग गर्न परेको थिएन वा गरिएन वा अपेक्षा गरिन उनबाट बढी सहयोग पाएको महसुस गरेको छु । यही हो सहयोगको अँकाट्य नियम !

उपाध्याय वरिष्ठ इन्जिनियर तथा नेपाल सरकारका पूर्वसचिव हुन्

वि.सं.२०७६ भदौ १९ बिहीवार ११:२४ मा प्रकाशित

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...