
१९ भाद्र, गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालीकाले आफ्ना २ वटा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
गाउँपालीकामा आयोजीत एक कार्यक्रमका बिच गाउँपालीका प्रमुख भुपाल पोखरेलले रजस्थल र हाडहाडे स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
रजस्थल र हाडहाडेले एम्बुलेन्स पाएसँगै गाउँपालीकाका सबै सरकारी स्वास्थ्य संस्थामा एम्बुलेन्स सेवा विस्तार भएको छ ।
वि.सं.२०७६ भदौ १९ बिहीवार १२:३८ मा प्रकाशित