१९ भदौ, काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले मनोनित पदाधिकारीहरुलाइ स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
संघको बिधान अनुसार मनोनित गरिएका संरक्षक बरिष्ट अभिनेता निर शाह, सल्लाहाकार आजिबन सदस्यहरु दिनेश डिसी र मधु कुमार श्रेष्ठ, उपाधक्ष्य बरिष्ट चलचित्रकर्मी मोहन निरौला, सदश्यहरु नायक बिशाल बिष्ट, अभिनेत्री आंचल शर्मा, कलाकार रामेश्वर बुर्लाकोटी, कानुनि सल्लाहकार शम्भु प्रसाद निरौला तथा प्रेस संयोजकमा कलाकार तथा संचारकर्मी सुर्य चन्दलाइ कार्यक्रममा स्वागत तथा सम्मान गरिएको थियो । साथै सो अबसरमा नायिका आंचल शर्मालाइ अधक्ष्य खड्काले पद तथा गोपनियताको सपथ समेत खुवाएका थिए ।
चलचित्र कलाकार संघकाअध्यक्ष अभिनेता रबिन्द्र खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संघका पूर्व अध्यक्षहरु तथा पदेन सल्लहाकारहरु बरिष्ट अभिनेता कृष्ण मल्ल, बरिष्ट अभिनेता रमेश बुढाथोकी, बरिष्ट अभिनेत्री बसुन्धरा भुसाल, बरिष्ट अभिनेता नवल खड्का लगायतका बिसिष्ट चलचित्रकर्मीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
भाद्र २३ गते संघको स्थापना दिबसमा बिभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ मनाउने जानकारी समेत सो अवसरमा गराइएको थियो । अधक्ष्य खड्काले सम्पूर्ण चलचित्रकर्मीहरुलाई साझा धारणा बनाएर हातेमालो गर्न तथा संघको हकहितमा काम गर्न समेत सम्पूर्ण चलचित्रकर्मीहरुलाई आव्हान गरेका थिए ।
कलाकार भेटघाट तथा श्रमजीवी चलचित्रकर्मीहरूको सामाजिक सुरक्षा एवं क्षमता अभिवृद्धि बारे अन्तक्रिया गर्ने कुरा पनि संघका अध्यक्ष रवीन्द्र खडकाले बताए । कार्यक्रममा महासचिब चेत बहादुर सिंह“राजा”ले स्वागत मन्तब्य राखेका थिए भने सदस्य धर्मेन्द्र आचार्यले कार्यक्रमलाइ संचालन गरेका थिए ।
वि.सं.२०७६ भदौ १९ बिहीवार १२:३८ मा प्रकाशित




























