back
CTIZAN AD

शिक्षक लाईसेन्स : कसरी गर्ने शिक्षकसेवा आयोगको विषयगत प्रश्नको तयारी ?

वि.सं.२०७६ भदौ २० शुक्रवार

1.7K 

shares

२० भदौ, काठमाडौँ । शिक्षक सेवा आयोगले धेरै लामो समयपछि खुलाएको शिक्षक लाईसेन्सको परीक्षा अशोज ९ गतेदेखि हुँदैछ । त्यसैले पनि हामीले शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुका लागि मध्यनजर गर्दै उपयागी सामग्री ल्याउने गरेका छौं ।

आज हामीले शिक्षक लाईसेन्स परीक्षामा विषयगत प्रश्नको तयारी कसरी गर्ने भनेर यो समाग्री लिएर आएका छौं । शिक्षक बन्न योग्य व्यक्तिले शिक्षकको खुला प्रतिस्प्रधा र शिक्षक लाईसेन्समा कसरी सफल हुने त ? त्यसको लागि के के– तयारी गर्नुपर्दछ त त्यसमा विशेष ध्यान दिन आवश्यक हुन्छ ।

नयाँ पाठ्यक्रम अनुसार अबको परीक्षामा दुई ओटा पत्रमा विभाजन गरी पाठ्यक्रम निर्माण गरिएको छ । पहिलो पत्र र द्वितीय पत्र गरी विभाजन गरिएको छ ।

पहिलो पत्रको अङ्कभार ६५ कायम गरिएको छ भने दोस्रो पत्रको अङ्कभार ३५ कायम गरिएको छ । पहिलो पत्रले विषयवस्तुको ज्ञान , शिक्षण तौरतरिका र शिक्षण सहजीकरणमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बनधी सिपलाई समेटेको छ । जसको अङ्कभार ६५ तोकिएको छ । जसमध्ये ४० अङक (बहुवैकल्पिक) प्रश्न र शिक्षण सिकाइका तौरतरिका (विधि), सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी ज्ञान परीक्षण गर्नका लागि ५ अङ्कका दरले ५ ओटा प्रश्नहरु सोध्ने प्रावधान रहेको छ ।

त्यसैगरी द्वितीय पत्र अन्तर्गत ३५ अङ्कभार कायम गरिएको छ यो द्वितीयपत्र सवै विषयका लागि समान प्रश्न रहनेछन् ।

विशेष रुपमा परिक्षार्थीले शिक्षक लाईसेन्सको तयारी गर्दा यी कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
६० अङ्कको विषयगत प्रश्नहरुको राम्रोसँग तयारी गर्न सकेको खण्डमा हामीले केही हदसम्म पनि सफल्ता प्राप्त गर्न सक्षम हुनेछौं ।

कसरी गर्ने विषयगत प्रश्नको तयारी ?

-सर्वप्रथम त परीक्षाको तयारीका लागि शिक्षक सेवा आयोगले तोकेका पाठ्यक्रम ,पाठ्यपुस्तक, सन्दर्भ सामाग्रीहरुको तथा पुराना प्रश्नपत्रहरु नमुना प्रश्नोत्तरहरुको सङ्कलन गरेर अध्ययन गर्नुपर्नेहुन्छ ।

-पाठ्यक्रम गहिरिएर अध्ययन गर्ने । विषयगत प्रश्नका लागि कति अङ्कभार छुट्टाइएको छ, कुन कुन एकाइ रहेका छन् त्यसको बारेमा राम्ररी बुझ्नुपर्छ । त्यहिअनुरुप आफूले तयारी गर्न सकिन्छ ।

-कुन तहकाा लागि आफूले तयारी गरिरहेको हो सो अनुरुप शिक्षणका उद्धेश्य, विषयवस्तु, शिक्षण समाग्री, शिक्षण विधि, शक्षण सिकाइ कार्यकलाप, र मूल्याङ्कन विधिहरुका वारेमा अध्ययन गर्नुपर्नेहुन्छ ।

-पुराना प्रश्नपत्रको उत्तर आफैंले लेखेर लेखनसिप कलाको विकास गराउन सकिन्छ ।जसले परीक्षामा लेख्नको लागि सहज वातावरण बनाउन सहयोग गर्दछ ।

-उत्तर लेख्दा बुँदागत लेख्नेगर्नुपर्छ । उत्तर लेख्दा सुरुमा अलिकति अनुच्छेदमा लेखेर अरु बुँदागत रुपमा लेख्ने गर्नुपर्दछ । त्यसपछि अन्तिममा पनि अलिकति निष्कर्षमा अनुच्छेदमा लेखेर टुङग्याउँदा राम्रो हुन्छ ।

-नियमित रुपमा विषयगत प्रश्नको नमुना आफैंले निर्माण गरी प्रश्नको हल गर्ने र बारम्बार अभ्यास गर्ने बानी बसाल्ने ।

-अक्षर सफा शुद्ध र केरमेर नगरिकन लेख्ने अभ्यास गर्नुपर्दछ । उत्तर लेख्दा छोटो, प्रश्नले मागेको मात्र उत्तर लेख्नुपर्छ । अनावश्यक मात्रामा गफ लेख्नु राम्रो मानिदैन । यती कुरामा ध्यान दिन सकेको खण्डमा पनि सफल्ता हात लगाउन सकिन्छ ।

वि.सं.२०७६ भदौ २० शुक्रवार ०९:४८ मा प्रकाशित

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...