back
CTIZAN AD

सिंगापुरमा भेटिइन् श्रीदेवी

वि.सं.२०७६ भदौ २० शुक्रवार

957 

shares

दिवंगत भारतीय अभिनेत्री श्रीदेवीको सिंगापुरमा मूर्ति स्थापना गरिएको छ । अव उनलाई दुरुस्त देख्नु मन लाग्यो भने तपाई सिंगापुर जान सक्नुहुन्छ ।

अभिनेत्री श्रीदेवीको मूर्ती सिंगापुरमा रहेको लन्डनको ‘मैडम तुसाद संग्रहालय’ ले बुधबार अनावरण गरेको हो ।

मुख्य संग्रहालय लन्डनमा रहेको मैनको मूर्ती बनाउने उक्त संग्रहालयको सिंगापुरस्थित साखाले श्रीदेवीको मैनको मूर्ती बनाएको हो

उक्त अवसरमा उनकी छोरीहरु जान्हवी र खुसी तथा श्रीमान बोनी कपुरमा पनि सिंगापुर पुगेका थिए ।

१३ अगस्तमा श्रीदेवीको जन्मदिनको अवसरमा मेडम तुसाद, सिंगापुरले घोषणा गरेको थियो कि, ‘छिट्ट नै मैनको मूर्ती श्रीदेवीलाई अर्पण गरिने छ ।’

उक्त मूर्ती श्रीदेवीद्धारा अभिनित ८० को दशकमा बनेको हिट हिन्दी फिल्म मिस्टर इण्डियाको चर्चित गीत ‘हवा–हवाईमा देखिएको श्रीदेवीको रुपलाई मुर्तिमा उतारिएको छ ।

श्रीदेवीलाई दिइएको श्रद्धान्जलि स्वरुप उक्त मुर्ति संग्रहालयमा राखिएको हो । संग्रहालयले उनका प्रशंसकहरुको सहभागीतामा उक्त मुर्तिको अनावरण गरेका थिए ।

स्मरण रहोस्, भारतिय चर्चित नायिका ५४ वर्षीया श्रीदेवीको गतवर्ष आफन्तको विवाहमा युएई गएको बेला होटलको बाथटवमा डुवेर मृत्यु भएको थियो । पोष्टमार्टम रिर्पोटमा उनको मृत्यु हृदयघातका कारण भएको बताइएको थियो ।

वि.सं.२०७६ भदौ २० शुक्रवार ११:३७ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...