back
CTIZAN AD

महिनावारी हुँदा पेट दुखेर आत्तिनु भएको छ ? त्यसो भए यसो गर्नुहोस्

वि.सं.२०७६ भदौ २० शुक्रवार

1.3K 

shares

महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एउटा परिवर्तन हो । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरु हुने गर्दछ । कसैकसैमा ९–१० वर्षमा पनि महिनावारी सुरु हुने गर्दछ यसलाई साधारण नै मानिन्छ । महिनावारीलाई खानपान, हावापानी र जीवनशैलीले पनि प्रभाव पार्ने गर्दछ । यो शरीरमा रहेको हर्मोनमा आउने परिवर्तनका कारणले हुने गर्दछ ।

महिनावारी हुँदा तल्लो पेट र ढाड दुख्ने सामान्य नै मानिन्छ । महिनावारी हुनुभन्दा केही दिन पहिले शरीरमा भएको हर्माेनको मात्रामा परिवर्तन आउने गर्दछ । जसले गर्दा पनि पेट दुख्ने गर्दछ ।
महिनावारी हुँदाको दुखाइ धेरै महिलाहरुको साझा समस्या हो । यसले महिलाहरुको मानसिक स्वास्थ्यलाई समेत प्रभाव पारिराखेको हुन्छ । महिनावारी भएको समयमा मात्र पेट दुख्नु सामान्य हो तर कुनै महिलालाई निरन्तर पेट दुखिरहन्छ भने उपचारको अर्काे बाटो नै रोज्नुपदर्छ ।
चिकित्सकका अनुसार महिनावारी हुँदा पेट र ढाँड दुख्नुलाई सामान्य नै मानिन्छ । तर, यसलाई सामान्य मात्र नलिई महिला विशेषज्ञसँग परामर्श लिनुपर्छ ।

सामान्यरुपमा महिनावारी हुँदा पेट दुखाइलाई कम गर्न निम्न प्रक्रिया अपनाउन सकिन्छ :

-घरेलु तरिका अपनाएर पनि महिनावारी हुँदा पेट दुख्ने समस्यालाई कम गर्न सकिन्छ । हट वाटर व्याग, रुमाल वा सुतीको कपडालाई तातो पानीमा भिजाएर पेटको वरिपरि राख्न सकिन्छ ।

-हट वाटर ब्याग नभएको खण्डमा सिसाको बोतलमा तातो पानी राखेर पनि दुखेको ठाउँमा सेक्न सकिन्छ यसले पनि दुखाइलाई केही राहत दिन्छ ।

-त्यसैगरी दुखेको ठाउँमा बिस्तारै हल्का मालिस गर्दा पनि दुखाइ कम गर्छ ।
बेला–बेलामा तातो पानी पिउनुहोस् । जस्तै सुप, दूध चिया जस्ता झोल पदार्थको बढी सेवन गर्नुहोस् ।

-महिनावारीको समयमा शरीरमा रहेको विषात्त, रगत जाने भएको हुँदा कमजोरी पनि महसुस हुन्छ । यस्तो बेलामा खानपानमा बढि ध्यान दिनुहोस् ।

-साविकको भन्दा बढि फलफूल, गेडागुडीको रस हरिया सागसब्जी खानहोस् । जसले गर्दा शरीरलाई कमजोर हुन दिँदैन ।

-त्यस्तै महिनावारी भएको समयमा गह्रौं काम नगर्नुहोस् । हल्का व्यायाम भने गर्नुपर्छ । हल्का व्यायामले दुखाइलाई केही मात्रामा भए पनि कम गर्दछ ।

-त्यस्तै तनाव नलिनुहोस् । तनावले पनि शरीरलाई कमजोर बनाइदिन्छ । यदि तपाईले घरेलु उपचार गर्दा पनि दुखाई कम नभएमा चिकित्सकको सल्लाह लिन सक्नुहुन्छ ।

वि.सं.२०७६ भदौ २० शुक्रवार १३:४९ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...