back
CTIZAN AD

बलात्कारको घटना मिलाउन बसेको पञ्चायतमै झडप

वि.सं.२०७६ भदौ २० शुक्रवार

702 

shares

२० भदौ, जलेश्वर । बलात्कारको प्रयासको घटना मिलाउन महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बसेको पञ्चायतमै दुई समूहबीच झडप भएको छ ।
सोनमा गाउँपालिका–६ मगरथाना गाउँमा गत सोमबार एक महिलाको घरमा दुई पुरुष पसेर सामूहिक बलात्कार गर्न खोज्दा सो महिलाले गुहार माग्दै चिच्याउन थालेपछि ती दुवै पुरुष भागेका थिए ।

तर, ती महिलाले दुवै पुरुषलाई चिनेकी थिइन् भने उनले राति स्थानीय विभिन्न व्यक्तिलाई घटनाबारे जानकारी गराउँदै भोलिपल्ट आफूलाई सामूहिक बलात्कारको प्रयास गर्न खोजेका स्थानीयवासी जासिम नदाफ र नसिर नदाफमाथि प्रहरी चौकी मगरथानामा निवेदन दिएकी थिइन् ।
पीडित महिलाको निवेदनपश्चात स्थानीय राजनीतिकर्मी, भद्रभलाद्मीलगायतकाले गाउँको कुरो गाउँमै मिलाउनुपर्छ भन्दै बिहीबार प्रहरी चौकी मगरथानामा पञ्चायत बसेका थिए । छलफलका क्रममा पीडित र पीडकका पक्षधरबीच झडप भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो । झडपमा दुवै पक्षका व्यक्तिमाथि सामान्य हातपात भएको थियो ।

प्रहरी कार्यालयमै निःशुल्क जाहेरी
सेवाग्राहीलाई सुविधा पुग्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय महोत्तरीले आजदेखि प्रहरी कार्यालयमै निःशुल्क जाहेरी लेख्ने व्यवस्था मिलाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले पीडितलाई यसअघि सामान्य घटनामा निवेदन लेखिदिएर आवश्यक सहयोग गर्दै आएकामा बिहीबारदेखि निःशुल्क जाहेरीसमेत लेख्न शुरु गरेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

प्रहरी कार्यालय बाहिर निवेदन र जाहेरी लेख्नेहरुले चर्को रकम असुल्ने गरेको जानकारी आएपछि जिल्ला प्रहरी कार्यालयमा निःशुल्क निवेदन र जाहेरी लेख्ने व्यवस्था मिलाइएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाबाट न्यायका लागि जिल्ला प्रहरीसम्म आउने पीडित अधिकांश गरीब, विपन्न नै हुने गरेको र उनीहरु निवेदन र जाहेरी लेखाउनमै पनि चर्को मूल्य तिरेर ठगिनुपरेको थाहा पाएर अबदेखि प्रहरी कार्यालयमै जाहेरी लेखिदिने व्यवस्था मिलाएको प्रहरी उपरीक्षक अधिकारीले बताए । प्रहरी कार्यालयको यो व्यवस्थाबाट अब बाहिर चर्को र मनोमानी ढङ्गले निवेदन र जाहेरी लेखेवापत पैसा लिने गरेको समस्याबाट पीडितहरुले मुक्ति पाउने उनको दाबी छ ।

डुबेर बालिकाको मृत्यु
महोत्तरी जिल्लाको सम्सी गाउँपालिका–१ पर्साटोलमा खाल्डोको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–१ पर्साटोल बस्ने प्रमोद महतोकी छ वर्षीया छोरी चाँदनीकुमारी महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

घर नजिकै रहेको मरहाखोलाको डिलमा खेलिरहेकी ती बालिकाको सोही खोलाले किनारमै बनाएको खाल्डोमा रहेको पानीमा डुबेर बिहीबार मृत्यु भएको उनले बताए । मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । (रासस)

वि.सं.२०७६ भदौ २० शुक्रवार १३:३२ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...