back
CTIZAN AD

प्रचारप्रसार हुन नसक्दा डेङ्गुको खतरा

वि.सं.२०७३ मंसिर १० शुक्रवार

885 

shares

 १० मङ्सिर,वीरगन्ज । नेपाल सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय पर्सालाई डेङ्गु रोगबारे जनमानसमा प्रचारप्रसार गर्न वार्षिक दुईलाख रुपैयाँ दिने गरेपनि प्रभावकारी रुपमा प्रचारप्रसार हुन नसक्दा डेङ्गु रोगको खतरा बढ्दै गएको छ ।

हाल यस क्षेत्रमा डेङ्गु रोगबाट एक भारतीयसहित ११ जना मानिस प्रभावित भई उपचार गराइरहेको यो कार्यालयले जनाएको छ । सो रोगबाट प्रभावित बिरामीमध्ये नेसनल मेडिकल कलेजमा ६ र बाँकी पाँचजनाको भवानी अस्पतालमा उपचार भइरहेको छ ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने भएकाले लामखुट्टेको बासस्थानलाई नष्ट गर्न पर्याप्त बजेट नभएकाले सो रोग नियन्त्रण गर्न कठिनाइ हुने गरेको सो कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक राजकिशोर पण्डितले बताउनुभयो ।

लामखुट्टेको बासस्थानलाई नष्ट गर्नु नै डेङ्गु रोगको रोकथाम भएपनि पर्याप्त बजेटको अभावका कारण रोग नियन्त्रणमा कठिनाइ भएको सम्बन्धित निकायको भनाइ रहेको छ ।

वीरगन्जमा लामखुट्टेको स्थिति भयावह रहेको छ । सो रोगबाट प्रभावित हुनेमा भारत नरकटियागन्जका २१ वर्षीय मोजाबिल, वीरगन्ज उपमहानगरपालिका–१६ की २४ वर्षीया सुधा कुमारी, कट्टीपरवाहका १८ वर्षीय ज्ञानकुमार गुप्ता, बारा परसौनीका २५ वर्षीय खलीमन खातुन, सर्लाहीका २७ वर्षीय अर्जुन श्रेष्ठ, वीरगन्जकै ७२ वर्षीय कमल पटेल, बिरुवागोठेका ३५ वर्षीय छतियादेवी, वीरगन्जकै २७ वर्षीय असलम, विराटनगर–८ की मनिषा, ३५ वर्षीय बशिर साह र २१ वर्षीया पूजा साह रहेकीछन् ।

पानी जम्ने ठाउँमा सरसफाइ गर्ने, पानी जम्न नदिने र रोगबारे प्रभावकारी प्रचारप्रसार गर्नुपर्नेमा सो नभएकाले सो रोगलाई नियन्त्रण गर्न कठिनाइ भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । रासस

वि.सं.२०७३ मंसिर १० शुक्रवार ०५:३८ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र...