back

प्रचारप्रसार हुन नसक्दा डेङ्गुको खतरा

वि.सं.२०७३ मंसिर १० शुक्रवार

447 

shares
GLOBAL IME AD
NTC AD

 १० मङ्सिर,वीरगन्ज । नेपाल सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय पर्सालाई डेङ्गु रोगबारे जनमानसमा प्रचारप्रसार गर्न वार्षिक दुईलाख रुपैयाँ दिने गरेपनि प्रभावकारी रुपमा प्रचारप्रसार हुन नसक्दा डेङ्गु रोगको खतरा बढ्दै गएको छ ।

हाल यस क्षेत्रमा डेङ्गु रोगबाट एक भारतीयसहित ११ जना मानिस प्रभावित भई उपचार गराइरहेको यो कार्यालयले जनाएको छ । सो रोगबाट प्रभावित बिरामीमध्ये नेसनल मेडिकल कलेजमा ६ र बाँकी पाँचजनाको भवानी अस्पतालमा उपचार भइरहेको छ ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने भएकाले लामखुट्टेको बासस्थानलाई नष्ट गर्न पर्याप्त बजेट नभएकाले सो रोग नियन्त्रण गर्न कठिनाइ हुने गरेको सो कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक राजकिशोर पण्डितले बताउनुभयो ।

लामखुट्टेको बासस्थानलाई नष्ट गर्नु नै डेङ्गु रोगको रोकथाम भएपनि पर्याप्त बजेटको अभावका कारण रोग नियन्त्रणमा कठिनाइ भएको सम्बन्धित निकायको भनाइ रहेको छ ।

वीरगन्जमा लामखुट्टेको स्थिति भयावह रहेको छ । सो रोगबाट प्रभावित हुनेमा भारत नरकटियागन्जका २१ वर्षीय मोजाबिल, वीरगन्ज उपमहानगरपालिका–१६ की २४ वर्षीया सुधा कुमारी, कट्टीपरवाहका १८ वर्षीय ज्ञानकुमार गुप्ता, बारा परसौनीका २५ वर्षीय खलीमन खातुन, सर्लाहीका २७ वर्षीय अर्जुन श्रेष्ठ, वीरगन्जकै ७२ वर्षीय कमल पटेल, बिरुवागोठेका ३५ वर्षीय छतियादेवी, वीरगन्जकै २७ वर्षीय असलम, विराटनगर–८ की मनिषा, ३५ वर्षीय बशिर साह र २१ वर्षीया पूजा साह रहेकीछन् ।

पानी जम्ने ठाउँमा सरसफाइ गर्ने, पानी जम्न नदिने र रोगबारे प्रभावकारी प्रचारप्रसार गर्नुपर्नेमा सो नभएकाले सो रोगलाई नियन्त्रण गर्न कठिनाइ भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । रासस

वि.सं.२०७३ मंसिर १० शुक्रवार ०५:३८ मा प्रकाशित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

भोजपुर । वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति र्पुयापछि भोजपुरका...

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

देवचुली । प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशाला कार्यक्रम सप्पन्न...

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

काठमाडौँ । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२...