back
CTIZAN AD

महामारीका रुपमा फैलिएको डेङ्गु नियन्त्रण गर्न जिल्लाव्यापी अभियान शुरु

वि.सं.२०७६ भदौ २२ आइतवार

861 

shares


२२ भाद्र, काठमाडौँ । देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएको डेङ्गु रोग भक्तपुर जिल्लामा पनि फैलिएपछि यसको नियन्त्रणका लागि जिल्लास्तरीय संयन्त्र बनाई जिल्लाव्यापी अभियान शुरु गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको संयोजकत्वमा प्रजिअ नारायण भट्ट, सुरक्षा निकायका प्रतिनिधि, नगरपालिकाहरुका प्रतिनिधिसहितको छलफलमा भएको निर्णयानुसार सो अभियान शुरु गरिएको हो ।

डेङ्गु रोगबाट बच्न स्वास्थ्य क्षेत्र, विद्यालय, स्थानीय तहलगायत नागरिक समाजबाट साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक तथा निजी विद्यालयहरुमा चेतनामूलक कार्यक्रम अभियानका रुपमा लैजाने, समुदायको सहयोगमा व्यापक प्रचारप्रसार गरी डेङ्गुबाट बच्न जनचेतना जगाउने काम भइरहेको प्रमुख गेलालको भनाइ थियो ।

त्यसैगरी जिल्लाका चारवटै नगरपालिकाले जनचेतनामूलक पर्चा, तथा पम्प्लेट तयार गरी सार्वजनिक स्थान, विद्यालयलगायत क्षेत्रबाट वितरण गरी घरघरमा पु¥याउने, सबै सरकारी तथा निजी अस्पतालले डेङ्गु रोगको उपचारका लागि ‘¥यापिड रेस्पोन्स टिम’ तयार गरी तत्काल काम गर्नाका साथै जिल्ला स्वास्थ्य कार्यालयले एक नगरपालिकामा तीन जनाका दरले स्वास्थ्य क्षेत्रका अधिकृतलाई सहजकर्ताका रुपमा खटाउने भएको छ ।

उक्त रोग नियन्त्रणका लागि वरिष्ठ जनस्वास्थ्य अधिकृतको संयोजकत्वमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि रहनेगरी जिल्लास्तरीय सो टोली गठन गरेर विभिन्न कार्यक्रम अगाडि बढाइएको र स्थानीय रेडियो एफएममा जनचेतनामूलक सूचना बजाउनेजस्ता रोकथामका प्रयास भइरहेको उक्त कार्यालयका अधिकृत कृष्णबहादुर मिजारले बताए ।

सूर्यविनायक नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवाली र चाँगुनारायण नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले यो रोग महामारीका रुपमा फैलन नदिन आफूहरूले पनि आवश्यक पहल शुरु गरिसकेकोे जानकारी दिए । (रासस)

वि.सं.२०७६ भदौ २२ आइतवार १३:१९ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...