back
CTIZAN AD

ध्यान दिनुहोस् यी कारणले पनि टुट्न सक्छ दाम्पत्य जीवन

वि.सं.२०७६ भदौ २२ आइतवार

663 

shares

विवाहपछि धेरै जोडि चाहान्छन् बैबाहिक जीवन आफूले सोचेजस्तो होस् । तर, कहिलेकाँही केही यस्ता चिजहरुले ठूलो रुप लिन सक्छ । त्यतिबेला श्रीमान श्रीमतीलाई लाग्छ कि,अब सम्बन्ध तोड्ने बेला भयो वा एकअर्काबाट टाढा हुने बेला भयो । धेरैको जीवनमा यस्तो अवस्था आएको हुन्छ । केहीले जर्वजस्ती सम्बन्ध तोडेका हुन्छन् भने केहीले सल्लाह गरेरै सम्बन्धको अन्त्य गरेका हुन्छन् ।


यदि सम्बन्ध तोडिएकालाई गहिरीएर सोच्ने हो भने धेरै सामान्य कुराले पनि जोडी एकअर्काबाट छुटिएका हुन्छन् । धेरैपटक बिचार, सोँच र एकअर्काको संस्कृति नबुझ्दा पनि यस्ता समस्याहरु आएका हुन्छन् । साथै पारीवारीक मुद्दाले पनि सम्बन्धमा फाटो आएको देखिन्छ ।
सम्बन्ध टुट्नु भन्दा पहिले धेरैपटक यसको कारण पनी स्पष्ट हुन जरुरी हुन्छ, जसका कारण तपाइ त्यसको समाधान पनि खोज्न सक्नुहुन्छ ।


यी हुन् सम्बन्ध फाट्नुको मुख्यकारण

धेरैपटक श्रीमान श्रीमतीमा एकअर्कालाई बुझ्न नसक्ने अवस्था आउँछ । यस्तो स्थितिमा एकअर्काको कुरा पूरा नसकिदैं झगडा सुरु हुने र त्यसले सम्बन्ध टुट्ने सम्म पुगेको अवस्था हुन्छ ।

श्रीमान श्रीमतीमा नातेदार तथा परिवारको बढी नकारात्मक भुमिका भएमा पनि सम्बन्ध तोडिन सक्छ ।

विवाह अगाडिको सम्बन्ध वा विवाहपछि श्रीमान वा श्रीमतीको कसैसँग प्रेम सम्बन्धमा रहेमा पनि सम्बन्ध तोडिन सक्छ ।

विवाह पहिला एउटासँग प्रेम गर्नु र अर्कोसँग जर्वजस्ती विवाह गर्नुपर्ने अवस्था आयो भने त्यसले पनि नयाँ जोडिएको सम्बन्धमा समस्या उत्पन्न हुने र सम्बन्ध तोडिने स्थितिसम्म आउन सक्छ ।
श्रीमान वा श्रीमतीमा एक बढी धनी र एक गरिब परिवारवाट नाता जोडिएको छ भने पनि सम्बन्धमा समस्या हुन्छ । किन कि, हरेक कुरामा झगडा हुनु र दुवैमा एकअर्काको कमि कमजोरी पहिल्याएर आरोप लगाउँदा पनि सम्बन्धमा फाटो पर्न सक्छ ।

अहिलेको अवस्थामा सम्बन्ध र माया नहुनु पनि बिछोडको मुख्य कारण बन्न सक्छ । साथै श्रीमान या श्रीमती आफ्नो काममा व्यस्त हुनुका साथै आफ्नो साथीलाई समय दिन नसक्नुको कारण पनि दुवैवीच माया कम हुँदै जान्छ ।

एकअर्काको भावनाको सम्मान नगर्नु, काममा नसघाउनु वा कोही धेरै विरामी भइरहँदा पनि बिछोडको कारण बन्छ ।

श्रीमानद्धारा श्रीमतीलाई यौन सम्बन्धमा सन्तुष्ट बनाउन नसक्नु वा सन्तुष्ट नहुनु पनि बिछोडको कारण बन्न सक्छ ।

श्रीमान वा श्रीमतीमा यौन सम्बन्धी नराम्रो रोग लाग्नु वा श्रीमान नपुंसक हुनु पनि समस्या बढी उत्पन्न हुन्छन् ।

दुवैमा एकअर्काप्रति विस्वास नहुनु । साथै दुवैले विभिन्न अवस्थामा एकअर्कालाई विस्वास नगर्नु तथा शंका बढी गर्ने बानीले पनि सम्बन्धमा समस्या उत्पन्न हुन्छ ।

श्रीमतीलाई दाइजोको लागि सताउनु तथा श्रीमतीबाट बच्चा नहुँदा पनि सम्बन्ध टुट्न सक्ने सम्भावना हुन्छ ।

सानो कुरालाई ठूलो बनाएर झगडा गर्नु, या एकअर्कामा हातपात गर्नुपनि सम्बन्धमा समस्या आउछ ।

त्यस्तै स्र्माट फोनका कारण पनि सम्बन्ध टुटेकापनि छन् । श्रीमान श्रीमतीसँगै बस्दा पनि फोन या इन्टरनेटमा व्यस्त रहनु र एकले अर्कोलाई वास्ता नगर्दा पनि समस्या आउछन् ।

कुनै पनि सम्बन्ध सफल बनाउनका लागि एकले अर्कोलाई महसुस गर्न जरुरी हुन्छ । स्पर्श तथा आइ कन्ट्याक बनाउन जरुरी हुन्छ । आजभोली स्मार्ट फोनले यी चिजहरु हामीबाट खोसेका हुन्छन् ।

वि.सं.२०७६ भदौ २२ आइतवार १८:३३ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...