२३ भदौ, काठमाण्डौं । एनआरएनएको आगामी ग्लोबल सम्मेलनमा बर्तमान कार्यसमिका सहकोषाध्यक्ष सापकोटाले आर्थिक रुपमा संस्थालाइ बलियो बनाउने योजनासहित आगामी कार्यकालका लागि कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
संस्थाका लागि आर्थिक पाटो महत्वपूर्ण रहेको तर तत्काल रिजल्ट नआएको बताउँदै सापकोटाले धेरै प्रोजेक्टमा कमिटमेन्ट भएको तर नउठेको बताउँदै भनेका छन्, ‘मेगा प्रोजेक्टको अवस्था उस्तै छ, र योजनाहरु आर्थिकरुपले माइनसमा छन् तर पनि यसको व्यवस्थापन गर्न सकिन्छ, त्यसको सुरुवात म गर्छु ।’
सन् १९९६ मा स्वीजरल्याण्डबाट प्रवासी जीवन सुरु गरेका सापकोटा २००६ मा गैरआबासिय नेपाली संघ एन, सी,सी पोर्तुगलको कार्यसमिती सदस्य २००९–०११ डेनमार्कका संस्थापक अध्यक्ष, २०११–१३ गैरआबासिय नेपाली संघ केन्द्रीय सदस्य साथै २०१३–१५ यूरोप सहसंयोजक २०१५ –१७ केन्द्रीय सदस्यमा रहेर शकुसल सस्थागत जिमेवारी पुरा गरेका सापकोटा बर्तमान केन्द्रीय समितिमा सहकोषाध्यक्षका रुपमा कार्यरत छन् ।
गैरआवासीय नेपाली संघको सहकोषाध्यक्षमा रहेर जिम्मेवारी पूर्ण काम गरेका सापकोटाले यो कार्यकाल बाँकी रहेका अधुरा योजना सपन्न गर्न साथै आर्थिक रुपले सम्पन्न एनआरएनए निर्माण अभियानमा समर्पित हुने उद्धेस्यसहित आगामी कार्यकालका लागि कोषाध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी गराएका छन् ।
मौज्जाद कार्यसमितिमा निडर, सक्रिय र गैरआबासिय नेपाली संघ नजिकबाट बुझेका सदस्यको रुपमा आफुलाई स्थापित गरेको छन् । संस्थामा सबैखाले एनआरएन र संसारका सबै रिजनबाट केन्द्रिय समितिमा प्रतिनिधित्व हुनु पर्ने साथै गैरआबासिय नेपाली संघ सुरुवात बैदेशिक रोजगारबाट सुरु हुने हुनाले एनआरएनएको भूमिका बैदेशिक रोजगारमा व्यवस्थापन र सहायोगमा हुनुपर्ने उनको जिकिर छ ।
बर्तमान कार्यसमितिमा रहँदा उनले नेपाल टुरिजम प्रमोसन कमिटीको संयोजक साथै बैदेशिक रोजगार कल्याणकारी कोषको संयोजक पदमा रही रचनात्मक काम गरेका सापकोटा एनआरए अभियानमा आफूलाई अब्बल दर्जाको एनआरएनमा स्थापित गरेका छन् । यूरोपको २५ वर्षको बसाइ तथा एनआरएनएको स्थापनाकालदेखि नै सक्रिय सापकोटाले विभिन्न खाले सामाजिक कार्य गरि आफ्नो समाज र मातृभूमिप्रति आफ्नो जिम्मेवारी पूरा गरेको बताउँछन् सापकोटा ।
वि.सं.२०७६ भदौ २३ सोमवार १६:१२ मा प्रकाशित



























