back
CTIZAN AD

नेविसङ्घको महाधिवेशन चाँडो गर्न विद्यार्थी नेताको माग

वि.सं.२०७६ भदौ २५ बुधवार

1K 

shares

२५ भदौ, काठमाडौँ । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको निर्वाचन चाँडो गर्न विद्यार्थी नेताले माग गरेका छन् ।

नेविसङ्घ महाधिवेशन पक्षधर विद्यार्थीले मङ्गलबार पत्रकार सम्मेलन गरी पार्टी नेतृत्वको कमजोरीका कारण भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन हुन नसकेको भन्दै चाँडो गर्नुपर्ने माग गरेका हुन् ।

नेविसङ्घका नेता लिलाबल्लभ दाहालले वर्तमान पार्टी नेतृत्व इतिहासमै कमजोर भएको आरोप लगाए । “पार्टी सभापतिमात्र नभई सिङ्गो काङ्ग्रेसको केन्द्रीय समिति नै असक्षम बनेको छ”, उनले भने ।

नेविसङ्घका नेता क्षितिज भण्डारीले पार्टी नेतृत्वले समयमै निर्वाचनको मिति घोषणा गरेर अगाडि नबढे आमरण अनशन बस्ने बताए । नेविसङ्घको निर्वाचनमार्फत नेतृत्व चयन गरी पार्टी बलियो बनाउनुपर्ने उनको भनाइ थियो ।

नेविसङ्घका नेता मोती भण्डारीले भ्रातृ संस्थाको महाधिवेशन नगराएर पार्टी जागरण अभियानमा जानु सान्दर्भिक कुरा नभएको बताए ।

निवर्तमान कोषाध्यक्ष शिव रिमालले काङ्ग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा नेविसङ्घले आन्तरिक लोकतन्त्र खोज्नुपर्ने अवस्था आउनु विडम्बना भएको बताए ।

वि.सं.२०७६ भदौ २५ बुधवार ०८:३८ मा प्रकाशित

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका...

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...