back
CTIZAN AD

योजनाको प्रभावकारिताका लागि अभिमुखीकरण

वि.सं.२०७६ भदौ २५ बुधवार

732 

shares

२५ भाद्र, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालू आर्थिक वर्षमा सञ्चालन हुने योजनाको प्रभावकारिताका लागि उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण शुरु गरेको छ ।

गाउँपालिका अन्तर्गतका ११ वटै वडामा आर्थिक वर्ष २०७६÷७७ मा कूल ३६० योजना तय गरिएको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए । उनका अनुसार यस आवमा कूल पूँजीगत बजेट रु ४१ करोड रहेकामा खानेपानी, सडक, पूर्वाधार विकास लगायतका साना तथा ठूला योजना छन् ।

गाउँपालिकाले विशेषगरी उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई प्रत्येक वडामा पुगी योजनाका लागि बैंक खाता सञ्चालन, बैठक सञ्चालन, समितिको बैठक, बिल भुक्तानी लगायतमा सम्बन्धित विज्ञबाट अभिमुखीकरण गराइएको उनले जानकारी दिए ।

यही भदौ २२ बाट विभिन्न वडामा अभिमुखीकरण सञ्चालन गरिएको अभिमुखीकरण सबै वडामा सम्पन्न गरिने जानकारी दिँदै उहाँले योसँगै योजनाको प्रभावकारिता अभिवृद्धि हुने विश्वास व्यक्त गरे । (रासस)

वि.सं.२०७६ भदौ २५ बुधवार १५:२७ मा प्रकाशित

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक...