back
CTIZAN AD

श्रम स्वीकृतिको सिफारिसका लागि निम्न कागजात पेश गर्न नेपाली दूतावास ओमानको अनुरोध

वि.सं.२०७६ भदौ २५ बुधवार

936 

shares

२५ भदौ, ओमान । ओमानमा कार्यरत घरेलु कामदारको पुन : श्रम स्वीकृतिको सिफारिसका लागि निम्न कागजातहरु पेश गर्न नेपाली दूतावास ओमानले अनुरोध गरेको छ ।


भाद्र २३ गते नेपाली राजदूतावास मस्कट ओमानले एक सुचना जारी गरि दूतावासले दिने सिफारिसका लागि विभिन्न कागजात पेश गर्न अनुरोध गरेको हो ।


बैधानिक रूपमा घरेलुु कामको लागि ओमान आएका सम्पूर्ण कामदारहरूको लागि पुनः श्रम स्वीकृति दिईने भएको हो । अवैधानिक रूपमा रहेका घरेलुु कामदारले भने श्रम स्वीकृति नपाउने भएका छन् ।

श्रम स्वीकृति लिई खाडी मुलुकहरूमा घरेलु कामदारको रूपमा कार्यरत्त रहि विदामा घर आई पुन : सोहि रोजगारदाताकोमा फर्किनेहरू लागि मात्र अर्को निर्णय नभए सम्मका लागि अस्थायी रूपमा आवश्यक कागजातहरूको आधारमा पुन : श्रम स्वीकृति दिने व्यवस्था भएको जनाईएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७६ र ०५ र १७ गते बसेको मन्त्रीपरिषद्को बैठकले पुन : श्रम स्वीकृति दिने निर्णय गरेको थियोे । सोहि निर्णय अनुसार दुतावासले पुन : श्रम स्वीकृति दिन लागेको हो । सिफारिस लिन आउँदा निम्नलिखित कागजातहरू लाग्ने व्यवहोरा जानकारी गराईएको छ ।

१. ओमानमा घरेलुु कामदारको रूपमा आउँदा नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा आएको खुल्ने कागजात ।

२. विदामा नेपाल गई पुन : वैदेशिक रोजगारीमा फर्कदा पुरानै रोजगारदाताकोमा आउने सुनिश्चित हुने कागजात ।

३. घरेलुु कामदारको अवधि कायम भएको भिसा, राहदानी, लेबर कार्ड र करार समझौता पत्र ।

४. रोजगारदाताको आईडि कार्ड, सम्पर्क नम्बर लगायत आवश्यक कागजातहरू ।

५. कामदार स्वयम् दूतावासमा उपस्थित भई वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने समबन्धि निर्देशिका को अनुसूची ८ फाराम भर्नुपर्ने ।

यस सम्बन्धमा केही अस्पष्ट भएमा दूतावासको सम्पर्क नम्बर २४६९६१७७ तथा हटलाईन नम्बर ७१५९२४९० मा सम्पर्क गर्नका लागि नेपाली राजदूतावास मस्कट ओमानले अनुरोध समेत गरेको छ ।

वि.सं.२०७६ भदौ २५ बुधवार १६:१९ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...