back
CTIZAN AD

नेपाली राजदूत ढकाल र ओमानका परराष्ट्र सचिववीच भेटवार्ता

वि.सं.२०७६ भदौ १९ बिहीवार

837 

shares

१९ भदौ, ओमान । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र ओमानको परराष्ट्र मन्त्रालयका सचिव शेख खलिफा अल हाथीबिच भेटवार्ता भएको छ ।

दूतावासमा आयोजित उक्त भेटवार्तामा सौहार्दपूर्ण तथा मैत्रीपूर्ण वातावरणमा छलफल भएको बताइएको छ । उक्त भेटघाटमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा कुराकानी भएको बताइएको छ ।

सो अवसरमा राजदूत ढकालले नेपाल र ओमानबीच भएका विभिन्न सम्झौताहरू, सहकार्य तथा अन्य पारस्पारिक गतिविधिहरूको बारेमा भएको पछिल्लो प्रगतिबारे आफ्ना भनाई राखेकी थिइन् ।

त्यस्तै ओमानका परराष्ट्र सचिवले यसरी दुई देशबीच आर्थिक, साँस्कृतिक, लगानी, मानव स्रोत–साधन तथा पर्यटनका विषयमा भएका प्रगतिबारे सन्तोष प्रकट गर्दै आगामी दिनमा त्यसलाई निष्कर्षमा पुर्याउन ओमानको तर्फबाट थप प्रतिवद्धता जाहेर गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उक्त भेटघाटमा ओमानको परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखा प्रमुख हिलाल मरहून र सलिम अल ममारी समेतको उपस्थिति रहेको राजदूत ढकालले बताइन् ।

वि.सं.२०७६ भदौ १९ बिहीवार १५:५३ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...