back
CTIZAN AD

एनआरएनए ईक्युटरिएल गेनियाको अधिबेशन सम्पन्न, अध्यक्षमा सेढाई

वि.सं.२०७६ भदौ १९ बिहीवार

1.1K 

shares

१९ भदौ, गेनिया । गैरआवासीय नेपाली संघ, ईक्युटरिएल गेनिया राष्ट्रिय समन्वय परिषद्को दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

सेप्टेम्बर १ मा मलावो शहरमा सम्पन्न भएको परिषद्को महाधिबेशनले कृष्णचन्द्र सेढाईलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

सेढाईको अध्यक्षतामा निर्विरोध निर्वाचित गरिएको नौ सदस्यीय उक्त नयाँ कार्यसमितिको उपाध्यक्षद्धयमा सुमन बिके, बिष्णुहरि सेढाई, महासचिवमा दुतराज लामा, कोषाध्यक्षमा मान बहादुर कार्की तथा सदस्यहरुमा लबकुमार थपलिया, किशोर साह, प्रतीक थपलिया र सुनिल बिके रहेका छन् ।

उक्त महाधिबेशनमा मालाबो तथा बाटा सहरमा बसोबास गरिरहेका नेपालीहरुको सहभागिता रहेको थियो । त्यसैगरी सभामा अध्यक्ष, महासचिव तथा कोषाध्यक्षहरुले प्रस्तुत गरेको प्रतिबेदनलाई सभाबाट अनुमोदन गरिएको थियो ।

सभामा निर्वाचन संयोजक किशोर साहले नवनिर्वाचित पदाधिकारीहरुको घोषणा गर्दै सफल कार्यकालको लागि शुभकामना ब्यक्त गरेका थिए । साथै नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । चुनावी प्रकृया अनुगमनका लागि प्रतीक थपलियालाई मनोनित गरिएको थियो ।

वि.सं.२०७६ भदौ १९ बिहीवार १५:०८ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...