back
CTIZAN AD

संविधानमा समावेश महिलाको हक कार्यान्वयनमा जोड

वि.सं.२०७३ मंसिर ११ शनिवार

1K 

shares

 ११ मङ्सिर,काठमाडौँ । महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आज पहिलो दिन पदयात्राको आयोजना गरिएको छ ।

‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ भन्ने मूल नाराका साथ आजबाट सुरू भएको अभियानको शुभारम्भसँगै पदयात्राको आयोजना गरिएको हो ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र विभिन्न सङ्घ÷संस्थाद्वारा आयोजित सभालाई सम्बोधन गर्दै युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले संविधानले पहिलो पटक महिलाको हक स्थापित गरी केन्द्रदेखि समुदाय तहसम्मको राज्य संयन्त्रमा सहभागितालाई सुनिश्चित गरेको हुँदा त्यसको कार्यान्वयनमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल र राष्ट्रिय महिला आयोगका कावा अध्यक्ष भवानी घिमिरेले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्न एकताको आवश्यकता औँल्याउनुभयो ।

अभियानको पहिलो दिन शुक्रबार ओरेक नेपालले प्रकाशन गरेको महिलामाथि हुने हिंसाको यथार्थता ‘अन्वेषी’ नामक पुस्तक सार्वजनिक गरेको छ ।

पुस्तक सार्वजनिक गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र अधिकारकर्मी डा रेणु राजभण्डारीले मुलुकमा व्याप्त महिला हिंसाका घटना अन्त्य गर्न सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

ओरेकले यस वर्ष अभिलेखीकरण गरेका जम्मा एक हजार ७७५ घटनाको विश्लेषण गर्दा महिलामाथि भएका हिंसाका घटना सबैभन्दा बढी तराई क्षेत्रबाट प्राप्त भएको छ ।

यस वर्ष तराई क्षेत्रबाट ५२ प्रतिशत (९३०), पहाडी क्षेत्रबाट २९ प्रतिशत (५१५) र हिमाली क्षेत्रबाट १९ प्रशित (३३०) महिलामाथि भएका हिंसाका घटना सङ्कलन गरिएको छ । रासस

वि.सं.२०७३ मंसिर ११ शनिवार ०२:५७ मा प्रकाशित

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी...