back

संविधानमा समावेश महिलाको हक कार्यान्वयनमा जोड

वि.सं.२०७३ मंसिर ११ शनिवार

474 

shares
GLOBAL IME AD
NTC AD

 ११ मङ्सिर,काठमाडौँ । महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आज पहिलो दिन पदयात्राको आयोजना गरिएको छ ।

‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ भन्ने मूल नाराका साथ आजबाट सुरू भएको अभियानको शुभारम्भसँगै पदयात्राको आयोजना गरिएको हो ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र विभिन्न सङ्घ÷संस्थाद्वारा आयोजित सभालाई सम्बोधन गर्दै युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले संविधानले पहिलो पटक महिलाको हक स्थापित गरी केन्द्रदेखि समुदाय तहसम्मको राज्य संयन्त्रमा सहभागितालाई सुनिश्चित गरेको हुँदा त्यसको कार्यान्वयनमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल र राष्ट्रिय महिला आयोगका कावा अध्यक्ष भवानी घिमिरेले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्न एकताको आवश्यकता औँल्याउनुभयो ।

अभियानको पहिलो दिन शुक्रबार ओरेक नेपालले प्रकाशन गरेको महिलामाथि हुने हिंसाको यथार्थता ‘अन्वेषी’ नामक पुस्तक सार्वजनिक गरेको छ ।

पुस्तक सार्वजनिक गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र अधिकारकर्मी डा रेणु राजभण्डारीले मुलुकमा व्याप्त महिला हिंसाका घटना अन्त्य गर्न सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

ओरेकले यस वर्ष अभिलेखीकरण गरेका जम्मा एक हजार ७७५ घटनाको विश्लेषण गर्दा महिलामाथि भएका हिंसाका घटना सबैभन्दा बढी तराई क्षेत्रबाट प्राप्त भएको छ ।

यस वर्ष तराई क्षेत्रबाट ५२ प्रतिशत (९३०), पहाडी क्षेत्रबाट २९ प्रतिशत (५१५) र हिमाली क्षेत्रबाट १९ प्रशित (३३०) महिलामाथि भएका हिंसाका घटना सङ्कलन गरिएको छ । रासस

वि.सं.२०७३ मंसिर ११ शनिवार ०२:५७ मा प्रकाशित

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...

टिउसन पढ्न बोलाएर बालिकामाथि यौन दुर्व्यवहार

टिउसन पढ्न बोलाएर बालिकामाथि यौन दुर्व्यवहार

स्याङ्जा । स्याङ्जामा एक शिक्षकले टिउसन पढ्न बोलाएर विद्यार्थीमाथि यौन...

चिया बेचेरै मासिक ५० हजार आम्दानी

चिया बेचेरै मासिक ५० हजार आम्दानी

मोरङ । मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया...

सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य...