back
CTIZAN AD

आइएलओ प्रावधान पालनामा जोड

वि.सं.२०७३ मंसिर ११ शनिवार

1K 

shares

 ११ मङ्सिर,काठमाडौँ । रोजगारदाता, श्रमिक सङ्गठन एवम् चिया, अलैँची, अदुवा तथा दुग्ध पदार्थ उत्पादनसँग सम्बन्धित प्रतिनिधिले संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय श्रम सङ्गठनको ‘बहुराष्ट्रिय उद्योग घोषणा तथा आधारभूत सिद्धान्त र श्रमिक अधिकार’ दस्तावेजको पूर्ण परिपालना गर्नुपर्नेमा जोड दिएका छन् ।

आइएलओ नेपाल, उन्नति कार्यक्रमद्वारा यहाँ आयोजित तालिम कार्यक्रमका सहभागीले दस्तावेजमा समावेश गरिएका कार्यस्थलमा श्रमिकका अधिकार, बालश्रम उन्मूलन, ज्यालामा हुने विभेद अन्त्य, बाध्यकारी श्रमको निवारण, सङ्गठन गर्न पाउने अधिकार र सामूहिक सौदाबाजीको अधिकारसम्बन्धी प्रावधानको प्रवद्र्धन तथा पालनाले आर्थिक र सामाजिक विकासमा उद्योगका तर्फबाट महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आइएलओ नेपालका निर्देशक रिचार्ड होवार्डले नेपालको आर्थिक र सामाजिक विकासमा ती प्रावधान सहयोगीसिद्ध हुने धारणा व्यक्त गर्नुभयो । डेनमार्क राजदूतावासका वरिष्ठ कार्यक्रम अधिकृत सरोज दाहालले उन्नति कार्यक्रमले नेपालमा समावेशी आर्थिक वृद्धि र गरिबी निवारणमा ठोस योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

आइएलओ जेनेभाका व्यावसायिक सामाजिक उत्तरदायित्वसम्बन्धी विज्ञ जोसी लापोर्तेले कार्यस्थलमा श्रमिकका अधिकारको प्रवद्र्धन, वातावरण सुधार तथा सुमधुर औद्योगिक सम्बन्ध कायम गर्न आइएलओ आधारभूत सिद्धान्तको परिपालना गर्नुपर्नेमा जोड दिनुभयो ।

उन्नति कार्यक्रम ‘अधिकारको वकालत तथा असल व्यावसायिक सुशासन’ एकाइका राष्ट्रिय कार्यक्रम संयोजक नवीनकुमार कर्णले कार्यक्रमको उद्देश्य इलाम, पाँचथर, धनुकटा, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ र भोजपुरमा परम्परागत चिया, अदुवा, अलैँची र दुग्ध पदार्थसम्बन्धी उद्योग व्यवसायमा समावेशी वृद्धि हासिल गर्न सहयोगी प्रवद्र्धन गर्नु रहेको जानकारी दिनुभयो ।

तीनदिने सो तालिममा सहभागीलाई श्रम सङ्गठनका आधारभूत सिद्धान्त तथा कार्यस्थलमा श्रमिकका अधिकारसँग सम्बन्धित विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा सात जिल्लाका अलैँची, अदुवा, चिया र दुग्ध पदार्थ उद्योग तथा व्यापार व्यवसाय क्षेत्रसँग सम्बन्धित कृषक, उद्यमी–व्यवसायी लगायत सहकारीसँग आबद्ध व्यक्तिको सहभागिता थियो । रासस

वि.सं.२०७३ मंसिर ११ शनिवार ०२:५६ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...