back
CTIZAN AD

सुकुम्बासीका नाममा एक हजार परिवारको बसोबास

वि.सं.२०७३ मंसिर ११ शनिवार

996 

shares

 ११ मङ्सिर,काठमाडौँ । वाग्मती तथा विष्णुमती नदी किनार अतिक्रमण गरी एक हजार ४६५ परिवारले अव्यवस्थित बसोबास गरेका छन् ।

विसं २०४७ देखि सुकुम्बासीका नाममा काठमाडौँ उपत्यकाका नदी किनार अतिक्रमण गर्न सुरु भएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । जनआन्दोलन २०६२÷६३ पछि नदी अतिक्रमण वृद्धि भएको समितिको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

समितिले गरेको अध्ययनानुसार सिनामङ्गल पुलमाथिको वाग्मती नदी किनारमा छ, सिनामङ्गल पुलमुनिको वाग्मती नदी किनारमा आठ, सिनामङ्गलको गुह्येश्वरी विद्यालय नजिक ४०, सिनामङ्गल गैरीगाउँमा ६०, सिनामङ्गल जागृतिनगरमा २००, नयाँ बानेश्वर शान्तिनगरमा ४००, शङ्खमूलमा १००, थापाथलीमा १०८ र बल्खुमा ३१८ परिवारले किनारको जग्गा सुकुम्बासीका नाममा अतिक्रमण गरेका छन् ।

यसैगरी विष्णुमती नदी किनारको महादेव खोलामा ७० र बालाजु क्षेत्रमा १५५ परिवारले नदी किनार अतिक्रमण गरेका छन् । अतिक्रमणलाई राजनीतिक संरक्षण दिई राज्यका सम्बन्धित निकायबाट बिजुली र पानीको लाइन एवम् मतदानको अधिकार प्रदान गरी आधिकारिकता दिइएको समितिका वरिष्ठ समाजशास्त्री भरत आचार्यले राससलाई जानकारी दिनुभयो ।

“नदीको जग्गा अतिक्रमण गरिँदा सरसफाइ, वृक्षरोपण तथा नदी सौन्दर्यका काम र नदी किनारको भौतिक निर्माण (रिभर ट्रेनिङ), ढल पाइप बिच्छ्याउने एवम् दुवै किनारामा सडक निर्माणमा गम्भीर असर परी सुधारको कार्य अवरुद्ध भएको छ”– उहाँले भन्नुभयो ।

यसबाट राज्यले लिएको नदी प्रणाली जीवन्त बनाउने र उपत्यकाको समग्र सौन्दर्यको काममा बाधा पुगेको समितिको ठहर छ । यसले गर्दा निर्माण कम्पनीलाई करोडौँ हर्जाना तिर्नुपरेको आयोजनाको भनाइ छ । सरोकार भएका निकाय, राजनीतिक दल र नागरिक समाजले सो समस्या समाधान गर्ने विषयमा समान धारणा निर्माणका लागि पहल सुरु गरिएको आयोजना प्रमुख राजेशप्रसाद सिंह बताउनुहुन्छ ।

“समस्या समाधानका लागि वास्तविक सुकुम्बासी पत्ता लगाई सहरी विकास तथा भवन निर्माण विभागले इचङ्गुनारायणमा निर्माण गरेको भवनमा सार्ने व्यवस्था गरिनुपछ, उपत्यकाको अव्यवस्थित बसोबास व्यवस्थापनका लागि छानबिन गर्न शक्तिशाली आयोग गठन गरिनुपर्छ, अतिक्रमण, अव्यवस्थित बसोबास रहेको नदी किनारको जग्गा २०४५ सालको नक्सा अनुसार खाली गराउनुपर्छ ”– उहाँले भन्नुभयो ।

अतिक्रमणकारीमध्ये ९० प्रतिशत सम्पन्न र १० प्रतिशत मात्र वास्तविक सुकुम्बासी भएको अध्ययनपछि खुलेको बताइएको छ । विसं २०६९ मा थापाथलीका ४६ परिवारलाई रु २५ हजारका दरले दिई नदी किनार खाली गर्ने व्यवस्था मिलाइएकामा पछि फर्किएर पुरानै स्थानमा फर्की बसेका छन् ।

विभागले इचङ्गुनारायणमा २२७ परिवार अट्ने भवन निर्माण गरिसकेको छ भने ३३७ परिवार अट्ने भवन निर्माण भइरहेको छ । सर्वोच्च अदालतले वाग्मतीलाई पूर्ण रुपमा सफा बनाई वातावरणीय सुधार गर्न अतिक्रमित बस्ती हटाउन सरकारलाई परमादेश दिएको छ ।

नदी अतिक्रमणले नदेखिने सामाजिक र आपराधिक समस्या सिर्जना हुने गरेको सोसम्बन्धी अध्ययनमा लाग्नुभएका समितिका समाजशास्त्री आचार्यले बताउनुभयो । “नदी किनारमा अव्यवस्थित रुपमा बस्नु अतिक्रमणकारीकै लागि पनि बाढी, पहिरो, रोगव्याधिका हिसाबले घातक छ, यसले नजानिँदो किसिमले सामाजिक विभाजनको रुप धारण गरेको छ, हटाउन नसक्नुको मूल जड राजनीतिक संरक्षण हो”, उहाँले भन्नुभयो ।

सुकुम्बासी, विभिन्न सङ्घसंस्था र व्यक्तिबाट वाग्मती किनारको ४०० रोपनी जग्गा अतिक्रमण गरेको समितिको अध्ययनले देखाएको छ । समितिले हालसम्म मुद्दा जितेर १०७ रोपनी नदी किनारको जग्गा फिर्ता गरेको छ । सिनामङ्गलस्थित वाग्मती नदी किनारको ४३ रोपनी, पेप्सीकोलास्थित मनोहरा नदी किनारको ५६ रोपनी र अन्य स्थानमा व्यक्तिविशेषले मिचेको आठ रोपनी जग्गा मुद्दा लडेर समितिले सरकारीकरण गरेको छ ।

भिएस निकेतन स्कुल लगायतले शान्तिनगरदेखि कोटेश्वरसम्म मिचेर संरचना बनाएको ४३ रोपनी जग्गा पनि फिर्ता गरी बगैँचा निर्माण गरिएको बताइएको छ । रासस

वि.सं.२०७३ मंसिर ११ शनिवार ०२:५४ मा प्रकाशित

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

रास्वपाकी सांसद रञ्जु दर्शना भन्छिन् – गणेश नेपाली प्रकरणबाट सरकारले पाठ सिक्नुपर्छ 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रन्जु दर्शनाले...

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु

काठमाडौँ । आफैलाई आगो लगाएका गणेश नेपालीको मृत्यु भएकाे छ...

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान चिकित्सकको सुझाव

काठमाडौँ । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१...

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको...