जीवनका उकाली ओराली झर्दै गर्दा
कष्टमय समय झेल्दै
यात्रा गरेका पर्वहरू
देशेमरुझ्या हेरिरहेछ
झलझली
सम्झिन्छ आँखु र खहरेका बगरहरू
एउटा यात्री
झोलाभरि माक्र्सका वेदहरू
छातीमा माओ र लेनिनहरू
पहाड र खोलानालासँगसँगै
रातै पोतेर हिँड्नेहरू
अझै शहर आउँन सकेका छैनन्
काष्टमण्डप देख्ने सपनाहरू
कहाँ कहिले रोपिएलान्
कवि सोचेर
कलम चलाई रहेछ
उस्ले तीनदशक यात्रा गरिसक्यो
सामन्ती सोचले अझै
गए गुज्रेको छ समाज
बाँडभञ्ज्याङ टेकेर
शहर हेर्छ
एक यात्री
माओ लेनिन भन्न लाज लाग्छ
हरिया उतिसका घारीहरू
यही भन्छन्
घर भन्न मुन्टो झुक्छ
कविले मुख छोप्यो
कान्तिपुरका चराहरू पनि
लाजमानिरहेथे
जब घरमा बिलौनेहरू उम्रेका छन्
कसरी फाँड्ने थाहाछैन
मेघको प्रतिध्वनित भएर
चिच्याइरहेछन् जनसेनाहरू
मालिकहरू गोडिरहेछन्
बिलौने घारीहरू
हामीहरूले त्यागगरेका बाटाहरूमा
जोगीमारा झरिरहेछ निरन्तर
जोगिमार्नेहरू
कसरी भए मालेमा
कवि चिच्याउँछ
हुटिट्याउँहरू खोप्छन् सुँडहरू
जङ्गली जनावर भन्दा निच मान्छेहरू
जनयुद्धका सपना भाँड्न
किन अघि बढिरहेछ
मलाई मेरो परिवारले
प्रश्न गरिरहेछन् ।
वि.सं.२०७३ मंसिर ११ शनिवार ०३:४८ मा प्रकाशित