back
CTIZAN AD

जनयुद्धका सपनाहरू

वि.सं.२०७३ मंसिर ११ शनिवार

1.7K 

shares

bairagi-jetha

जीवनका उकाली ओराली झर्दै गर्दा
कष्टमय समय झेल्दै
यात्रा गरेका पर्वहरू
देशेमरुझ्या हेरिरहेछ
झलझली
सम्झिन्छ आँखु र खहरेका बगरहरू
एउटा यात्री
झोलाभरि माक्र्सका वेदहरू
छातीमा माओ र लेनिनहरू
पहाड र खोलानालासँगसँगै
रातै पोतेर हिँड्नेहरू
अझै शहर आउँन सकेका छैनन्
काष्टमण्डप देख्ने सपनाहरू
कहाँ कहिले रोपिएलान्
कवि सोचेर
कलम चलाई रहेछ
उस्ले तीनदशक यात्रा गरिसक्यो
सामन्ती सोचले अझै
गए गुज्रेको छ समाज
बाँडभञ्ज्याङ टेकेर
शहर हेर्छ
एक यात्री
माओ लेनिन भन्न लाज लाग्छ
हरिया उतिसका घारीहरू
यही भन्छन्
घर भन्न मुन्टो झुक्छ
कविले मुख छोप्यो
कान्तिपुरका चराहरू पनि
लाजमानिरहेथे
जब घरमा बिलौनेहरू उम्रेका छन्
कसरी फाँड्ने थाहाछैन
मेघको प्रतिध्वनित भएर
चिच्याइरहेछन् जनसेनाहरू
मालिकहरू गोडिरहेछन्
बिलौने घारीहरू
हामीहरूले त्यागगरेका बाटाहरूमा
जोगीमारा झरिरहेछ निरन्तर
जोगिमार्नेहरू
कसरी भए मालेमा
कवि चिच्याउँछ
हुटिट्याउँहरू खोप्छन् सुँडहरू
जङ्गली जनावर भन्दा निच मान्छेहरू
जनयुद्धका सपना भाँड्न
किन अघि बढिरहेछ
मलाई मेरो परिवारले
प्रश्न गरिरहेछन् ।

वि.सं.२०७३ मंसिर ११ शनिवार ०३:४८ मा प्रकाशित

योग साधनासँगै नव वर्षको शुभकामनासँगै निजत्वको नियात्रा’ पुस्तक लोकार्पण

योग साधनासँगै नव वर्षको शुभकामनासँगै निजत्वको नियात्रा’ पुस्तक लोकार्पण

काठमाडाैँ । काठमाण्डौंको चण्डोलस्थित विशाल मिलन वैज्ञानिक योग साधना कक्षमा...

चारु राग विराग

चारु राग विराग

खोम काफ्ले दागाना,निचुला,भूटान उत्साह उमङ्ग बोकी नववर्ष आयो रमाउँदै न्याउलीले...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले...

सुसेली : नयाँ वर्षको शुभकामना !

सुसेली : नयाँ वर्षको शुभकामना !

दुर्गा अधिकारी भमरकोटे, कपन हाम्रो माझमा झुल्क्यो साल त्रियासी शुभकामना...

गजल

गजल

बीके मुखिया,वाङदे दार्जिलिङ, भारत तिम्रो पुलुक्क कर्के हेराइमा छ केही...

गजल

गजल

एकनारायण चापागाईं,दाङ -घोराही कतै प्यासी कतै प्याला रहेछ अझै बोत्तल...