back
CTIZAN AD

शास्त्रीका रचनाको अनुसन्धानमा जोड

वि.सं.२०७३ मंसिर ११ शनिवार

1K 

shares

 ११ मङ्सिर,जनकपुरधाम । मैथिली साहित्यका आधुनिक कालका प्रथम कवि पण्डित सुन्दर झा शास्त्रीका रचनाको शोध एवम् प्रकाशनको खाँचो औँल्याइएको छ ।

कवि शास्त्रीको ८८ औँ जन्मजयन्तीका अवसरमा जनकपुर बौद्धिक समाजद्वारा आज यहाँ आयोजित विचार गोष्ठीमा त्रिवि मैथिली विभाग प्रमुख प्रा डा पशुनाथ झाले शास्त्रीका रचनामा शासकीय आडम्बर, ढोके प्रवृत्ति, भाँडभैलो र आतङ्कप्रति व्यङ्ग्यको चेत विन्यास रहेको बताउनुभयो ।

साहित्यकार रामभरोस कापडी भ्रमरले शास्त्रीका रचनाले सङ्घर्षपूर्ण जीवनलाई गतिशील बनाउने प्रेरणा दिने गरेको छ भन्नुभयो । कवि हिमांशु चौधरीले शास्त्रीका रचना विरोधी तत्वको कलापूर्ण विन्यास भएको प्रसङ्ग उल्लेख गर्नुभयो । अधिवक्ता युगल किशोरले उनका रचनामा विकृति र विसङ्गतिले पिरोलेको स्थिति अभिव्यक्त छ भन्नुभयो ।

कवि रामभरत साहले शास्त्री स्वाभिमानी, क्रान्तिकारी र मुलुकमा उन्नतिको आकाङ्क्षा राख्ने स्रष्टा भएको बताउनुभयो । समाजका अध्यक्ष राजेश्वर नेपालीले उहाँले सिर्जना मार्फत हक र न्यायका पक्षमा वकालत गरेको जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर ११ शनिवार ०५:५३ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...