back

विपद् व्यवस्थापनका लागि सचेत बन्दै विद्यालय

वि.सं.२०७३ मंसिर ११ शनिवार

639 

shares
GLOBAL IME AD
NTC AD

११ मङ्सिर, फलेवास (पर्वत)। भूकम्प तथा अन्य विपद्का समयमा कसरी बच्न र बचाँउन सकिन्छ भन्ने विषयमा पर्वतका शिक्षक, विद्यार्थी र अभिभावक सचेत हुन थालेका हुन ।

जिल्लाका दश विद्यालयमा विद्यार्थी, शिक्षक तथा अभिभावकले संयुक्त रुपमा यस्तो विपद्का समयमा जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने बिषयमा योजना बनाएका छन् । ती विद्यालयले भूकम्प प्रतिरोधी भवन समेत बनाउने अभियान सुरु गरेका छन् ।

ती विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकल आफ्नो विद्यालयमा मात्रै होइनन्, छिमेकी विद्यालय र समुदायमा समेत यसबारे सचेतीकरण अभियान थालेका छन् ।

यसका लागि उनीहरुले भूकम्प प्रतिरोधी संरचना, भूकम्पपछि खोज तथा उद्दार, प्राथमिक उपचार, प्रकोप मापन, आपतकालीन अवस्थामा कसरी भाग्ने जस्ता विषयमा विभिन्न तालिम र प्रशिक्षण समेत लिएका छन् । आपतकालीन अवस्थाका लागि उनीहरुले भूकम्प प्रतिरोधी सामग्रीको समेत जोहो गरेका छन् ।

‘विपद् न्यूनीकरणका लागि शिक्षक तथा अभिभावक सचेत भएका छन्,’ नवजागृत माविका प्रधानाध्यापक विष्णुप्रसाद सुवेदीले भन्नुभयो ‘विद्यालयमा जोखिम न्यूनीकरण सम्बन्धी योजना बनाएर अगाडि बढेका छाँै ।
‘हामीले विद्यालयमा मात्रै होइन समुदायसम्म पनि सुरक्षाको खोजी गर्न थालेका छौ’ उहाँले भन्नुभयो– “विद्यालयले जोखिम न्यूनीकरणका लागि विपद् व्यवस्थापन समिति समेत बनाएका छन् ।

पर्वतको पशुपति मावि राम्जा, नवजागृत मावि तिलहार, तुलोदय मावि तिलहार, त्रिभुवन मावि शङ्करपोखरी, राम मावि, र जनसहयोगी मावि शङ्करपोखरी, नेपाल तारा मावि रानीपानी, जनता प्रावि रानीपानी र आम्बारी मावि बर्राचौरलगायतका १० विद्यालयमा एक वर्षको अवधिमा विद्यालयका संरचना विपद्बाट बच्नका लागि अनुकूल हुने गरी बनाइएका छन् ।

यी विद्यालयको सिकाइलाई स्रोत केन्द्र र जिल्लाका सबै विद्यालयमा लैजान आवश्यक भएको नेपाल तारामावि स्रोत केन्द्रका स्रोत व्यक्ति बमबहादुर क्षेत्रीले भन्नुभयो । “स्रोत केन्द्रभित्रका विद्यालयमा सुधार योजनामा विपद् न्यूनीकरणको योजना समावेश गर्ने तथा अन्य विद्यालयका शिक्षक तथा विद्यार्थीका बीचमा समेत विपद् न्यूनीकरण सचेतना अभियान लैजाने योजना रहेको उहाँले भन्नुभयो । ”

जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले पर्वतमा यस वर्ष निर्माण भएका ९० वटा विद्यालयका संरचना पूर्णरुपमा भूकम्प प्रतिरोधी रहेको बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर ११ शनिवार ०७:५४ मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा...

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी-बल्कोट सडक...

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

मान्म (कालीकोट) । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको...