back
CTIZAN AD

सरकारले ल्याउने संशोधन प्रस्ताव एमालेलाई अमान्य: नेता खनाल

वि.सं.२०७३ मंसिर ११ शनिवार

1K 

shares

jhalanath-khanal

११ मङ्सिर,पर्सा। नेकपा(एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नभएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले सरकारले ल्याउन लागेको संशोधन प्रस्तावलाई मधेसी मोर्चाका नेताले नैं अस्वीकार गरेपछि प्रस्तावको औचित्यनै समाप्त भएको विचार व्यक्त गर्नुभयो ।

उहाँले संविधान सभाबाट पारित भएको संविधानलाई लिएर मधेसी जनतामा कुनै समस्या नभएको, तर मधेसवादी दल र तिनका कार्यकर्तामा समस्या देखिएको बताउनुभयो ।
नेता खनालले अहिले मुलुकलाई संविधान संशोधन भन्दा पनि संविधान कार्यान्वयनको आवश्यकता रहेको र यसका लागि काँग्रेस, एमाले र (माओवादी केन्द्र) बीच एकता आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविरको आज तेस्रो दिन पूर्व प्रधानमन्त्री झलनाथ खनाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

पतञ्जलि योगपिठ नेपालद्वारा आयोजना गरिएको योग शिविरको उद्घाटन गर्दै नेता खनालले योग साधनाको माध्यमले व्यक्तिलाई निरोगी र राष्ट्र प्रेमको भावना जगाउँदै हिँडेका स्वामी रामदेवलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले मानवताको विकासका लागि सकारात्मक सोच आवश्यक रहेको बताउनु भयो ।

शिविरका सहभागिलाई योग प्रशिक्षण दिँदै योग गुरु स्वामी रामदेवले नेपाल प्रकृतिक स्रोतको धनी भए पनि अव्यवस्थाका कारण नेपालीले विकास गर्न नसकेको धारणा राख्नुभयो ।
बिहान ५ बजे सुरु भएको योग शिविरमा आज आठ हजार भन्दा बढी सर्वसाधारणको सहभागिता रहेको आयोजक शिविर मूलआयोजक समितिका सह–संयोजक विजय सरावगीले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर ११ शनिवार ०७:५३ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...