back
CTIZAN AD

चौसठ्ठी खसीबोका नियन्त्रणमा

वि.सं.२०७६ भदौ २९ आइतवार

966 

shares

२९ भदौ, कोहलपुर । स्वडादशैँ र तिहार नजिकिएसँगै बाँके जिल्लामा विभिन्न नाकाहरुबाट प्रशासनको आँखा छलेर अवैध धन्दा गर्ने समूह सक्रियरूपमा लागिपरेका छन् । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले अवैधरूपमा नेपाल भित्र्ययाइएका ठूलो मात्रामा खसीबोका नियन्त्रणमा लिएको छ ।

बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडीमा पूर्वतर्फ जाँदै गरेको ना७ख ८९९८ नंको ट्रकमा राखिएका ६४ खसीबोका प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार नियमित जाँचका क्रममा ६४ खसीबोका नियन्त्रणमा लिइएको खसीको मूल्य रु पाँच लाख बराबरको रहेको बताए ।

नियन्त्रणमा लिइएको खसी तथा ट्रक चालक कृष्णप्रसाद पराजुलीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको जानकारी दिए । यसरी अवैधरुपमा नेपाल ल्याइएको खसीबोका प्रहरीले दैनिकजसो नियन्त्रणमा लिने गरेको छ । करीब दुई साताअघि भारतबाट तस्करी गरेर ल्याउँदै गरेका रु तीन लाख २० हजार मूल्यका ३९ खसीबोका राप्तीसोनारी गाउँपालिका–४ बैजापुरबाट नियन्त्रणमा लिएको थियो । (रासस)

वि.सं.२०७६ भदौ २९ आइतवार ११:३४ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...