back
CTIZAN AD

निःशुल्क आँखा शिविरबाट ५७६ वृद्धवृद्धाले लिए सेवा

वि.सं.२०७६ भदौ २९ आइतवार

948 

shares

२९ भाद्र, कैलाली । कैलालीको गोदावरी नगरपालिका–२ मा लायन्स क्लब अफ अत्तरिया सिटी, नेपाल नेत्र ज्योति सङ्घ र गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा शनिबार आँखा शिविर सम्पन्न भएको छ ।

निःशुल्क आँखा शिविरबाट ५७६ ले सेवा लिएका छन् । गोदावरी नगरपालिकाका विभिन्न वडाबाट आएका ५७६ वृद्धवृद्धाले सेवा लिएका हुन् । ती मध्ये ७० जनामा मोतिया विन्दुको समस्या देखापरेको छ भने छ जनामा आँखा भित्र मासु पलाएको समस्या देखापरेको लायन्स क्लब अफ अत्तरिया सिटीका अध्यक्ष प्रमोद अधिकारीले जानकारी दिए ।

उनका अनुसार मोतियाविन्दु र मासु पलाएको समस्या देखापरेकाहरुको गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने भएको छ । अन्य आँखाका बिरामीलाई निःशुल्क चश्मा र औषधि वितरण गरिएको अध्यक्ष अधिकारीले बताए । (रासस)

वि.सं.२०७६ भदौ २९ आइतवार ११:३६ मा प्रकाशित

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका...

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी...

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

कर्णाली । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...