back
CTIZAN AD

आन्ध्र प्रदेशमा डुङ्गा दुर्घटना हुँदा ११ को मृत्यु

वि.सं.२०७६ भदौ ३० सोमवार

855 

shares

३० भदौ, आन्ध्र प्रदेश । भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतबार दिउसो भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

डुङ्गाले ६१ पर्यटकहरूलाई लिएर गोदावरी नदीमा यात्रा गरिरहेका समय दुर्घटना भएको आन्ध्रप्रदेशको विपद् व्यवस्थापन अधिकारीले बताएका छन् । घटनामा कम्तीमा २० जनालाई सकुशल उद्धार गरेको बताइएको छ भने दुई दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन् ।

प्रहरीका अनुसार आन्ध्र पर्यटन विकास निगमको उक्त डुंगामा ११ जना चालक दलका सदस्य ५० पर्यटक रहेको बताइएको छ । पर्यटकबारे थप जानकारी प्राप्त भइसकेको छैन । उद्धार जारी रहेको छ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री जोगान मोहन रेड्डीले डुङ्गा दुर्घटनामा केही पर्यटकको मृत्यु भएको र केही व्यक्ति वेपत्ता भएको पुष्टि गर्दै मृतकका परिवारलाई राहतस्वरूप दश लाख रूपैँया प्रदान गर्ने घोषणा गरेका छन् ।

राज्य सरकारको तर्फबाट जारी विज्ञप्तिमा रेड्डीले राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडीआरएफ) सामुद्रिक सैन्य बल तथा ओएनजीसी हेलिकोप्टरलाई उद्धारका लागि तत्काल घटनास्थल जान निर्देशन दिएका छन् ।

उनले घटनास्थल नजिकमा रहेका मन्त्रीहरूलाई उद्धार कार्यको अनुगमन गर्न निर्देशन दिएका । सरकारले जिल्लास्थित सबै डुङ्गा सेवालाई रोकी लाइसेन्स परीक्षण गर्न पनि निर्देशन गरेको छ ।

वि.सं.२०७६ भदौ ३० सोमवार ०९:०० मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

बेल्जियमको १० तले अपार्टमेन्टमा आगलागी, धेरै हताहत भएको आशङ्का

आन्त्रोपेन । बेल्जियमको आन्त्रोपेन शहरस्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा...

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

हवाई पहुँच विस्तार गर्दै इन्डोनेसिया, ३९ नयाँ विमानस्थल बनाउने योजना

जकार्ता ।  इन्डोनेसियाले देशभर हवाई पहुँच विस्तार तथा यातायात सञ्जाल...