back
CTIZAN AD

तपाई सोमबार जन्मिनु भएको हो, यस्तो भन्छ त तपाईका बारे ज्योतिष विज्ञान

वि.सं.२०७६ भदौ ३० सोमवार

1.2K 

shares

सोमबार जन्मिएका व्यक्तिहरु घुम-घाममा बढी मन पराउँछन् । जल यात्रा, हवाई यात्रा उनीहरुको जीवनमा आइरहन्छ । साथै जल सम्बन्धी व्यवसाय उनीहरुका लागि राम्रो हुन्छ ।

कल्पना गर्ने कलामा उनीहरु माहिर हुन्छन् । उनीहरुमा अचम्मको आकर्षण हुन्छ । उनीहरु कल्पनाशील हुनुका साथै रोमान्चक पनि हुन्छन् । कल्पनामा बढी रमाउने हुँदा कहिलेकाँही साथी भाइ, जीवनसाथी तथा व्यापार व्यवसायबाट पनि धोका खान्छन् । कहिलेकाँही उनीहरु भावुक हुनुका कारण समयमा काम पूरा नगर्ने पनि हुन्छन् ।

जो महिला सोमबार जन्म लिन्छीन् उनी आमाको भूमिका धेरै राम्रोसँग पूरा गर्छिन् । सन्तानको मायामा बढी डुब्छिन् । उनीहरु अत्यन्तै भावुक तथा राम्रो जीवन संगीनी पनि बन्छन् । उनीहरु संगीतप्रेमी तथा प्रकृतिप्रेमी हुन्छन् । उनीहरु धर्मकर्ममा अत्यधिक रुची हुन्छ । उनीहरुमा राजयोग हुन्छ । उनीहरुको जहाँ विवाह हुन्छ सबै प्रकारका एश्वर्य उनीहरुमा प्राप्त हुन्छ । सोमबार जन्मने व्यक्तिले भगवान शिवको पूजा गर्नु राम्रो हुन्छ ।

सोमबार जन्मने व्यक्तिमा समस्याहरु आइरहन्छन् । उनीहरुको जन्म कुण्डलीमा चन्द्र बलियो भएमा यस्ता समस्याबाट उनीहरु टाढा रहन्छन् । चाँदिको गहना, सेतो कपडा प्रयोग गर्न अथवा बाड्नु पनि उनीहरुका लागि धेरै राम्रो हुन्छ ।

उनीहरु हसमुख स्वभावका हुन्छन् । दुःखमा परेको मान्छे पनि उनीहरुलाई देखेर आफ्नो दुःख भुल्छन् । उनीहरु मिठो बोल्छन् । सुख दुःखमा समभाव राख्छन् । विचलित हुँदैनन् । दुवैमा उनीहरु खुसी हुन्छन् । विद्धान हुन्छन् । आफूभित्र भएको गुणले अरुलाई पनि राम्रो गर्छन् । कफ, वाथ, पित्त सम्बन्धी रोग यी व्यक्तिमा बढी देखिन्छ । जीवनमा अगाडि बढ्दै जाँदा प्रगति गर्दै जान्छन् । ९–१२–२७ वर्षको उमेरमा जीवनमा समस्याहरु पनि आइपर्छन् । तर, उनीहरु त्यसलाई पार गर्दै अगाडि बढ्छन् ।

त्यस्तै सोमबार चन्द्रमाको दिन मानिने भएकाले यसदिन जन्मने व्यक्तिहरु धैर्यवान, बुद्धिमानी तथा अरुको सहयोगको लागि तत्पर हुन्छन् । सहयोग गर्ने समयमा उनीहरु यो हेर्दैनन् कि मद्दत गरिएका व्यक्ति शत्रु हुन या मीत्र । उनीहरु भावुक पनि हुन्छन् । जसकारण उनीहरु तुरुन्त अरुको विस्वासमा पर्छन् । जीवन साथीका लागि पनि इमान्दार हुन्छन् । सोमबार जन्मने तथा जन्मिएका व्यक्तिहरु प्रायजसो प्रेम विवाह गर्छन् ।

उनीहरु आकर्षण व्यक्तित्वका स्वामि हुन्छन् । बोल्ने तरिका आकर्षण हुन्छ । जीवनमा सफलता पाउन उनीहरु अत्यन्तै मेहनत गर्छन् ।

वि.सं.२०७६ भदौ ३० सोमवार ०८:३३ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक...

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका...

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

श्रम गर्नेलाई स्वदेशमा छैन उचित मूल्य र सम्मानः लाखौँ नेपाली विदेशिन बाध्य

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम गर्ने...

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले कर्मचारीलाई १५–१५ दिनमा तलबभत्ता भुक्तानी...

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक...