back
CTIZAN AD

कृषिको बजारीकणका लागि किसान बजार

वि.सं.२०७६ भदौ ३१ मंगलवार

765 

shares

३१ भाद्र, कास्की । कृषि उत्पादन वृद्धि गर्ने र बजारको उचित व्यवस्थापन गर्ने लक्ष्यका साथ पोखरा महानगरपालिका–१७ विरौटाचोकमा आजदेखि किसान बजार सञ्चालनमा ल्याइएको छ ।

कृषि विकास कार्यालयको स्वामित्वमा रहेको र कृषि सामग्री संस्थान तथा खाद्य संस्थानले भोगचलन गर्दै आएका जग्गामा २४ वटा व्यापारिक कक्षसहित बजार सञ्चालनमा ल्याइएको हो । महानगरमा पहिलो पटक सञ्चालनमा ल्याइएको सो संरचना निर्माणका लागि पोखरा महानगरपालिकाले रु दश लाख उपलब्ध गराएको थियो ।

महानगरप्रमुख मानबहादुर जिसीले कृषिको उत्पादन र बजारीकरणलाई जोडने लक्षयका साथ यस्तो बजार सञ्चालनमा ल्याइएको बताउँदै यसबाट उत्पादक र उपभोक्ता दुवै लाभान्वित हुने विश्वास व्यक्त गरे ।

बजारको भरपुर उपयोग गरी किसानलाई प्रोत्साहन गर्न उपभोक्तालाई आग्रह गर्दै उनले प्राङ्गारिक उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे । महानगर कृषि तथा पशुविकास महाशाखाका प्रमुख मनोहर कडरियाले महानगरपालिकाका– विभिन्न पाँच स्थानमा बजार स्थापन गरिने योजना रहेको जानकारी दिँदै त्यसका लागि रु एक करोड विनियोजन गरिएको छ भने ।

बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालनमा आउने उक्त बजारमा दूधजन्य पदार्थका साथै बिरुवा, तरकारी, खाद्यान्नलगायत ग्रामीण क्षेत्रमा उत्पादित सामान बिक्री वितरण गरिने बजार व्यवस्थापन समितिका संयोजक चुडामणि बरालले जानकारी दिए । (रासस)

वि.सं.२०७६ भदौ ३१ मंगलवार १२:५४ मा प्रकाशित

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

स्याङ्जा । स्याङ्जाकाे अर्जुनचौपारी गाउँपालिका ले अत्यधिक भार बोकेर सञ्चालन...

पाहुनालाई कोसेली कोदोको बिस्कुट

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मङ्गलबारे । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको...

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...