back
CTIZAN AD

निरन्तर ओरालो लागेको सेयर बजार आज एक्कासी २७ अङ्कले बढ्यो

वि.सं.२०७६ भदौ ३१ मंगलवार

657 

shares

३१ भाद्र, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले ‘अहिले धितोपत्र बजारमा लगानी गर्ने उपयुक्त समय’ भएको टिप्पणी गरेलगत्तै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज एकाएक बढेको छ ।

कर्मचारी सञ्चय कोषको ५८ औँ वार्षिकोत्सवका क्रममा आज अर्थमन्त्री खतिवडाले शेयर बजार घटिरहेको अहिलेको स्थितिमा नवप्रवेशीका लागि उपयुक्त समय रहेको धारणा राख्नुभएपछि बजार एक्कासि बढेको हो । बजार खुल्नेबित्तिकै आइतबार र सोमबारकै लयमा घट्न थालेको थियो । जब अर्थमन्त्रीको उक्त धारणा सार्वजनिक भयो तब बजारले उकालोको यात्रा तय ग¥यो । कारोबार शुरु भएको २८ मिनेटसम्म स्थिर रहेको बजार त्यसपछि भने एकाएक बढ्न थाल्यो ।

नेप्से परिसूचकको उकालो यात्रा अपराह्न १ बजेर २७ मिनेटसम्म निरन्तर रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक २६.९१ बिन्दुले बढेर एक हजार १५०.७४ मा पुगेर रोकिएको छ । प्रतिशतका आधारमा नेप्से २।३९ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै सेन्सेटिभ परिसूचक २।१२ प्रतिशत अर्थात ५।२२ बिन्दुले बढेर २५१।५७ मा पुगेको छ । नेप्से परिसूचक वृद्धिको तुलनामा कारोबार रकम भने बढ्न सकेन । आज कुल १७१ कम्पनीको १३ लाख ७७ हजार ९४६ कित्ता शेयर रु ३८ करोड ३९ लाख ५७ हजार ४२६ मा खरिदबिक्री भए ।

स्टकका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये ११ उपसमूहको शेयर उकालो लागेको भने सामूहिक लगानी कोष भने घटेको छ । कोष ०.०४ प्रतिशतले घटेको छ । बैङ्किङ २१।०७, व्यापार २.२८, होटल ५७.७९, विकास बैङ्क २६.७७, जलविद्युत् ३९.५, वित्त ८.४६, निर्जीवन बीमा ८८.५७, उत्पादन १०७.१, अन्य २०।२६, लघुवित्त ३०।२ र जीवन बीमा १०२.९३ अङ्कले बढ्यो ।

कारोबार रकमका आधारमा सिद्धार्थ बैङ्क शीर्ष स्थानमा रह्यो । सो बैङ्कको रु तीन करोड ४९ लाख ७७ हजार ३६० मा शेयर खरिदबिक्री भयो । सो बैङ्कले आर्थिक वर्ष २०७५÷०७६ को नाफाबाट २५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेपछि लगानीकर्ता आकर्षित भएका हुन् ।

त्यस्तै नेपाल बैङ्कको रु दुई करोड ९७ लाख एक हजार ६६९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु दुई करोड ८३ लाख ३८ हजार २०६, शिवम् सिमेन्ट रु एक करोड ९९ लाख ७६ हजार, प्रभू बैङ्क रु एक करोड ४५ लाख १९ हजार ८७८ र सानिमा बैङ्कको रु एक करोड २८ लाख ४० हजार ७०२ मा खरिदबिक्री भयो ।

त्यस्तै शिवम् सिमेन्टका लगानीकर्ताले ९.९० प्रतिशतले कमाउँदा गुराँस लघुवित्त वित्तीय संस्था ९.६२, राधी विद्युत् कम्पनी ९.४५, अपि पावर कम्पनी ९.१७, कर्णाली डेभलपमेन्ट बैङ्क ८.९१ र अरुण काबेली पावर लिमिटेडका शेयरधनीले ८.९१ प्रतिशतले कमाए । बढेको बजारमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ५.५९, आँखुखोला जलविद्युत् कम्पनी ५.३५, सिटिजन बैङ्क इन्टरनेशनल ५.०६, सिन्धु विकास बैङ्क ४.७६, सानिमा इक्विटी फण्ड ३.०३ र कालिका पावर कम्पनीका शेयरधनीले २.४३ प्रतिशतले गुमाए ।

वि.सं.२०७६ भदौ ३१ मंगलवार १६:३८ मा प्रकाशित

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...