back
CTIZAN AD

एनीमिया (रत्तअल्पता) पनि डेंगुको मुख्य कारण हुन सक्छ !

वि.सं.२०७६ असोज १ बुधवार

2K 

shares

१ असोज, काठमाडौँ । हामी सबैलाई थाहा छ डेंगु भाइरस लामखुट्टेको टोकाईको कारणले लाग्छ भनेर । तर के तपाईलाई थाहा छ डेंगु भाइरस लामखुट्टेको टोकाईले मात्र होइन हामीले खानो खानाको कारणले पनि लाग्न सक्छ भनेर ।

अहिले नेपालमा डेंगुको प्रकोप बढ्दो छ । अहिले भएको अनुसन्धानले देखाए अनुसार, पर्याप्त आइरन भएका खानाको सेवन गरेर पनि डेंगुको जोखिमबाट बच्न सकिन्छ । आइरनको अभाव अर्थात एनिमियाबाट (रत्तअल्पता) पिडित व्यत्तिहरुमा डेंगु भाइरस फैलने जोखिम बढि रहेको देखिएको छ । अनुसन्धानका अनुसार रगतमा आईरनको कमि भएका व्यत्तिहरुमा डेंगु भाइरस बढि फैलने गरेको देखिएको छ ।

यस अनुसन्धानका लागि स्वस्थ व्यत्तिहरुको रगतको नमुना लिइएको थियो । त्यसपछि प्रत्येक रगतको नमुनामा डेंगु भाइरस थपियो र त्यो रगत लामखुट्टेलाई दिइयो । त्यसपछि प्रत्येक नमुनाबाट कतिवटा लामखुट्टेमा डेंगु भाइरस फैलियो भनेर जाँच गरियो । जाँच गरिसकेपछि बढि आइरन भएको रगत खाने लामखुट्टेमा डेंगु भाइरस कम फैलिएको देखियो ।

त्यसपछि त्यहि अनुसन्धान मुसामा पनि जाँच गरियो र सहि साबित पनि भयो । कम आइरन भएको रगत खाने लामखुट्टेमा डेंगु भाइरस बढि फैलिएको फेला पारियो ।

त्यसैले आइरन बढि भएका खानेकुराको सेवन गर्नुहोस् र डेंगु फैलने जोखिमबाट बच्नुहोस् ।

वि.सं.२०७६ असोज १ बुधवार १६:२२ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...