back
CTIZAN AD

बालाकोटको विषयमा आरोप-प्रत्यारोप, कांग्रेस सभापति भन्छन्– ‘घटना चार बजेपछिको हो’

वि.सं.२०७६ असोज १ बुधवार

1.2K 

shares

१ असोज, पर्वत । आफूलाई लोकतान्त्रिक सभ्यताको गुरु बताउने नेपाली कांग्रेसले पर्वतको महाशिलास्थित एक विद्यालयमा गरेको कार्यक्रमपछि आरोप प्रत्यारोपहरु बढेका छन् ।

अनेरास्वीवियु पर्वतको २ नम्बर क्षेत्रिय अध्यक्ष रहेका विद्यार्थी नेता मोहनविक्रम पौडेलले सो घटनाबारे सामाजिक संजालमार्फत् स्पष्टीकरण समेतको माग सहित धारणा सार्वजनिक गरेपछि घटनाबारे चासोमात्र बढेको छैन, एकअर्कामा आरोप प्रत्यारोप समेत बढेको छ । महाशीलाको बालाकोटस्थित चन्द्रोदय प्राथमिक विद्यालयका विद्यार्थीलाई स्कुलबाट बाहिर निकाली कांग्रेसले जागरण कार्यक्रम गरी विद्यार्थीलाई पढ्न नदिएको प्रति उनले आक्रोश व्यक्त गरेका छन् ।

घटनाका सम्बन्धमा सो प्राविका प्रधानाध्यापक श्याम बहादुर क्षेत्री भन्छन्,–‘काम विशेषले म बाहिर हुँदा सहायक प्र.अ लक्ष्मि गुरुङले सहमति दिनु भएको थाहा पाएँ । २ बजेपछि बालकक्षमा कार्यक्रम गरेको समेत थाहा पाएको छु, यसबारे हामी आन्तरिक छलफल गर्दैछौं ।’
घटनाका सम्बन्धमा जागरण टोलीका नेता तथा नेपाली कांग्रेस जिल्ला सभापति खेम प्रसाद भुसालले संसारन्युजसँग भने, ‘४ बजेपछि मात्र कार्यक्रम भएको हो, अरु आरोप सरासर झुटो हो ।’ तर, यसै विषयमा विद्यार्थी नेता पौडेल भन्छन्, ‘१ बजेपछि नै जर्वजस्ती विद्यार्थी निकालिएको हो ।’

घटनाका विषयमा प्रतिक्रिया दिँदै संचालक समितिका एक सदस्य भन्छन्– घटना राम्रो होइन र अब यस्तो दोहोरिनु हुँदैंन ।’

वि.सं.२०७६ असोज १ बुधवार १६:३५ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...