back
CTIZAN AD

एनआरएनए उपाध्यक्षमा नरेन्द्र भाटको उम्मेदवारी

वि.सं.२०७६ असोज २ बिहीवार

714 

shares

१ असोज, कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा कतारबाट नरेन्द्र भाटले उम्मेदवारी दिएका छन् ।

आगामी १५ देखि १७ अक्टोबरमा हुन गइरहेको एनआरएनएको नवौं विश्व सम्मेलनका लागि कतारबाट व्यवसायी तथा समाजसेवी नरेन्द्र भाटले आगामी २०१९–२०२१ का लागि उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनए अभियानका पुराना तथा सक्रिय अभियन्ता भाटले एनआरएनए अभियानमा निरन्तरताका लागि आफूले उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्दै सबैको साथ र सहयोगको अपेक्षा गरेको बताएका छन् ।

बैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन तथा संसारका विभिन्न देशमा रहेका नेपाली कामदारहरुको समस्याका बारेमा पहिचान गरी समाधानका लागि नेपाल सरकारसँग पहल गर्नेलगायतका मुख्य ऐजेन्डा अघि सारेका छन् ।

त्यसैगरी उपाध्यक्षका उममेदवार भाटले बैदेशिक रोजगारबाट देश फर्किएका नेपालीहरुलाई उनीहरुको सिप र क्षमता अनुसार देशमै स्वरोजगार बनाउन विशेष पहल गर्ने तथा सरकारसँग समन्वय गरेर त्यसका लागि विशेष परियोजना बनाउन आफू लागि पर्ने पनि उनले बताएका छन् ।

भाट, २००६ देखि २००९ सम्म एनआरएनए कतारको कोर्डिनेटर, २००९ देखि २०११ सम्म एनआरएनए कतारको अध्यक्ष, २०११ देखि २०१३ सम्म एनआरएनए मध्यपूर्व संयोजक, २०१३ देखि २०१५ सम्म एनआरएनएको केन्द्रीय समितिको सल्लाहकार, एनआरएनएको पर्यटन प्रवद्र्धन समितिको सल्लाहकार तथा २०१७ देखि ०१९ हाल एनआरएनएको केन्द्रीय मानार्थ सदस्य रहेर एनआरएनएको स्थापनाकालदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका व्यक्तित्व हुन् ।

वि.सं.२०७६ असोज २ बिहीवार १४:२२ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...