back
CTIZAN AD

प्रदेश सरकार आर्थिक समृद्धिका लागि प्रतिबद्ध – मुख्यमन्त्री पौडेल

वि.सं.२०७६ असोज ३ शुक्रवार

753 

shares

३ असोज, काठमाडौँ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक समृद्धिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

संविधान दिवस मुल समारोह समिति प्रदेश नं ३ द्वारा आज हेटौँडामा आयोजित समारोहमा उनले संविधानसभाबाट जारी गरिएको संविधानमा बहुभाषिक, धार्मिक, पूर्ण प्रेस स्वतन्त्रता र लोकतन्त्रको ग्यारेन्टी गरिएकाले अब जनताले आफ्नो अधिकार प्राप्तिका लागि आन्दोलन गर्नु नपर्ने बताए ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेअनुुसार प्रदेशको १३ जिल्लामा राष्ट्रिय गौरवको आयोजनाको बाँडफाँट गर्नाका साथै जनतालाई शान्तिसुरक्षाको प्रत्याभुति गराई आर्थिक समृद्धिका लागि बजेट कार्यान्वयन गर्दै लैजाने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारले जनहितका लागि प्रदेशसभाको चौथो अधिवेशनबाट ४५ विधेयक पारित गरेको तथा ३८ विधेयक प्रमाणीकरण भइसकेको स्पष्ट पारे ।

मुख्यमन्त्री पौडेलले संविधान दिवसको उपलक्ष्यमा आयोजित पाँच किलोमिटर दौड प्रतियोगिताका विजयी नेपाली सेनाका हेटौँडास्थित सुपारेटार ब्यारेकका जवानलाई नगदसहित प्रमाणपत्र वितरण गरे ।

संविधान दिवसका अवसरमा भुटनदेवी माविको चौरमा भेला भई आयोजित ¥यालीले हेटौँडा नगरको परिक्रमा गरी मकवानपुरको बहुमुखी क्याम्पस परिसरमा पुगेपछि कार्यक्रममा परिणत भएको थियो । ¥यालीमा प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री पौडेल, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, मन्त्रिपरिषद्का मन्त्रीहरु, प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ, सांसद विरोध खतिवडालगायत सहभागी भए । (रासस)

वि.सं.२०७६ असोज ३ शुक्रवार ११:२३ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...