back
CTIZAN AD

किन लगाइयो जनमोर्चाका अध्यक्ष केसीलाई यस्तो गम्भीर आरोप ?

वि.सं.२०७६ असोज ३ शुक्रवार

852 

shares

३ असोज, काठमाण्डौ । पूर्वउपप्रधान तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले पदको दुरुपयोग गरेको  गरेको आरोपसहितको समाचार सार्वजनिक भएको छ ।

केसीले आफ्ना दुई नातिका बाबुआमानै परिवर्तन गरिदिएको समाचार सुक्रबार साप्ताहिकले लेखेको छ ।

तीनपटक सांसद भएका उनले आफू संविधानसभाको सभासद् भएका बेलामा कानुन छलेर जेठा छोरा सचित्र केसीतर्फका दुई छोरा सचित र सचिन केसीलाई कान्छा छोरा विष्णु केसीको छोरा बनाइदिएका हुन् । उनले दुवै नातिको बाबु मात्रै होइन, आमा समेत फेरिदिए ।

उनले २०६७ माघ ५ गते प्रशासनले पत्तै नपाई जेठा छोराका सन्तानलाई कान्छाका सन्तानमा परिवर्तन गरिदिएका हुन् । उनले सांसद भएका बेला आफ्नो प्रभावमा गाउँ विकास समितिबाट झुटो सिफारिस बनाउन लगाई सोहि सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयबाट नाबालिग परिचय पत्र बनाउन लगाएको देखिन्छ । त्यति मात्र नभएर नेता केसीले त्यहि परिचय पत्रको आधारमा काठमाण्डौंबाट आकस्मिक राहदानी बनाएको पनि बताइएको छ ।

यस विषयमा जनमोर्चाकी सांसद तथा चित्र बहादुरकेसी पत्नि दुर्गा पौडेलले यो ठूलो कुरा नभएको बताएकी छन् । उनले भनेकी छन्–‘केसीजीका कान्छा छोरा आफैं जापान आउने–जाने गर्थे । जेठा छोराको घरपरिवार बिग्रियो । त्यो भएपछि साना छोराहरुको बिचल्ली भयो । पछि हामीले जेठा छोराको जेठा छोरा जापान गएको कुरा थाहा पायौं । हामीले कसरी गएछ भनेर बुझ्दा कान्छाले आफ्नो छोरा बनाएर लगे भन्ने बुझियो तर, यसबारेमा पार्टीमा कुनै कुरा भने उठेन ।

हाम्रो नेपाली समाजमा आफ्नो दाइको छोरालाई आफ्नै छोरा मान्ने चलन छ । यसले राष्ट्रलाई कुनै घाटा पुर्याउँदैन । बाबुआमाले कुरा उठाएका छैनन् । फेरि चित्र बहादुरजी आफै सहभागी भएजस्तै मलाई लाग्दैन । कानुनमा के कुरा छ, मलाई थाहा भएन तर यो ठूलो इस्यु हैन ।’

वि.सं.२०७६ असोज ३ शुक्रवार ११:१५ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...