back
CTIZAN AD

संविधानको परिकल्पना पूरा गर्न सबै एक ठाउँमा उभिनुपर्छ – मुख्यमन्त्री भट्ट

वि.सं.२०७६ असोज ३ शुक्रवार

759 

shares

३ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको संविधानले गरेका परिकल्पना पूरा गर्नका लागि सबै एक ठाउँमा उभिन जरुरी रहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश संविधान दिवस मूल समारोह समितिका संयोजकसमेत रहेका मुख्यमन्त्री भट्टले आज यहाँ आयोजित समारोहमा संविधानले परिकल्पना गरेका जनताका अधिकारलाई सुनिश्चित गर्न सकिएमा मात्र यो दिवस मनाउनुको औचित्य पुष्टि हुने बताए ।

नेपालको संविधान संसारकै एक उत्कृष्ट संविधान रहेको उल्लेख गर्दै उनले भने, “यसको पालना गर्नका लागि सबै राजनीतिक दल, सरकारलगायत सबै दृढ भएर लाग्नुपर्छ ।”

मुख्यमन्त्री भट्टले राष्ट्र र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै यो प्रदेशलाई सबैको साझा फूलबारीको रुपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले नेपाली जनताका प्रतिनिधिले पहिलोपटक जारी गरेको नेपालको संविधान– २०७२ संसारकै उत्कृष्ट संविधान रहेको भने ।

समारोहमा स्थानीय लोक संस्कृति झल्किने सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरिएको थियो । मुख्य समारोहअघि बाजागाजा र झाँकीसहितको प्रभातफेरी गरिएको थियो ।

प्रभातफेरीमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यालयका शिक्षक विद्यार्थीलगायत सर्वसाधारणको सहभागिता थियो ।

वि.सं.२०७६ असोज ३ शुक्रवार १२:३८ मा प्रकाशित

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...