back
CTIZAN AD

‘संवैधानिक कर्मबाट संविधानको पालना गरौँ’

वि.सं.२०७६ असोज ३ शुक्रवार

738 

shares

३ असोज, कास्की । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले संवैधानिक सोच, आचरण र कर्मका माध्यमबाट संविधान पालना गर्नुपर्नेमा जोड दिएका छन् ।
संविधान दिवसका अवसरमा प्रदेश सरकारले आज आयोजना गरेको संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले कुनै पनि संविधान आफैँमा उत्कृष्ट र निकृष्ट नहुने भन्दै कार्यान्वयन महत्वपूर्ण रहेको भनाइ राखे ।

संविधानको सुरक्षा गर्न सकेमात्र संविधानले जनताको सुरक्षा गर्ने बताउँदै उनले भने, “विधिमाथि मानिसले प्रहार गरेको खण्डमा राज्य असफलतातिर जान्छ, राष्ट्रमा अराजकता छायो भने राष्ट्रको अन्त्यसमेत हुनसक्छ, कानून र विधिमाथि खेलवाड गरेर कसैको प्रगति सम्भव छैन ।”

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानको आलोचना गरिरहँदा थोरै मात्र भए पनि यसका सवल पक्षका बारेमा सबैले जानकारी राख्नुपर्ने बताए । संविधानले राज्य शक्तिका स्रोत जनता हुन् भनेर व्याख्या गरेको उल्लेख गर्दै उनले पहिलोपटक संविधानमा सार्वभौम र राजकीय शक्ति जनतामा निहीत रहेको बताए ।

प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले संविधानमा सबै वर्ग, जाति, क्षेत्र र लिङ्गका अधिकार र पहिचानलाई स्थापित गरेकाले असमानतालाई समानतामा बदलेर मौलिक हक सुनिश्चित गर्दै संविधान कार्यान्वयन गर्नुपर्ने बताए । उच्च अदालत पोखराका न्यायाधीश यज्ञप्रसाद बस्यालले मुलुकी संहिताको कार्यान्वयनमा सङ्घ, प्रदेश र स्थानीय तीनै सरकार लाग्नुपर्ने बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले समारोहमा सहभागीलाई स्वागत गर्दै आजको दिन नेपाली इतिहासमा महत्वपूर्ण रहेको बताउँदै संविधान दिवसलाई सफल बनाउनुपर्नेमा जोड दिए । समारोहअघि शहीदचोकबाट शुरु भएको प्रभातफेरी राष्ट्र बैंकचोक, रत्नचोक, सिर्जनाचोक, सभागृहचोक हुँदै पोखरा सभागृहमा आयोजित समारोहमा परिणत भएको थियो । प्रभातफेरीमा मुख्यमन्त्री, मन्त्रीहरु, राष्ट्रसेवक कर्मचारी, तीनवटै सुरक्षा निकाय, सामाजिक सङ्घसंस्था, विद्यार्थी, खेलाडी, विभिन्न जातिगत समाज, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । (रासस)

वि.सं.२०७६ असोज ३ शुक्रवार १३:०७ मा प्रकाशित

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

नवीन लामिछाने, मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको...

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...