back

गोल्डेन टेम्पल सङ्ग्रहालय बन्दै

वि.सं.२०७३ मंसिर १२ आइतवार

678 

shares
GLOBAL IME AD
NTC AD

 १२ मङ्सिर,ललितपुर । एक सयवर्ष पुराना सामग्री समेटेर हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) सङ्ग्रहालयमा परिणत हुने भएको छ ।

महाविहारको माथिल्लो तलामा स्थानीयवासीले बुझाएका बौद्ध र हिन्दू धर्मसँग सम्बन्धित धेरै बस्तु छन् । महाविहार संरक्षण समितिका अध्यक्ष विकासरत्न धाख्वाले भन्नुभयो, “दाजुभाई छुटिँदा पनि कतिपय धार्मिक सामग्री यहाँ नै राख्न दिएका छन् ।’’ निजी गुठीले पनि गुठीमा नियमित प्रयोगमा ल्याउन नसकेका सामग्री महाविहारमा नै बुझाउने गरेका छन् ।
महाविहारले झन्डै एक सताब्दिदेखि सङ्कलन गर्दै आएका सामग्रीे पर्यटकलाई समेत देखाउने उद्देश्य रहेको छ भन्दै उहाँले छोटो समयका लागि महाविहार आउने पर्यटकको बसाइ सङ्ग्रहालयले बढाउँछ भन्नुभयो ।
यो महाविहार उपत्यकाको तेस्रो पुरानो महाविहारमा पर्दछ । यो सबैभन्दा बढी संङ्घ(सदस्य) भएको महाविहार हो । पाटन दरबारस्क्वारमा आउने मात्रै नभएर भारत, चीन लगायतका मुलुकबाट महाविहार नै आउने धार्मिक पर्यटक पर्यटक कम्तीमा दुई घन्टा गोल्डेन टेम्पल घुम्ने आशा अध्यक्ष धाख्वाको छ ।
हिरण्य नामक मुसाले संरक्षण गरेकाले यो विहारलाई हिरण्यवर्ण महाविहार भनिएको किम्बदन्ती छ । रासस

वि.सं.२०७३ मंसिर १२ आइतवार ११:०० मा प्रकाशित

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

काठमाडौँ । उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र...

आलुको परिकार नै मान्छेको लागि घातक, यस्तो परिकार फाइदाजनक …

आलुको परिकार नै मान्छेको लागि घातक, यस्तो परिकार फाइदाजनक …

काठमाडौँ । नेपालीहरूको भान्सामा आलुको परिकार नपाकेको दिन हुन्न ।...

नगरपालिकाद्वारा क्षयरोगको औषधि नियमित खानेलाई पोषणयुक्त खानेकुरा

नगरपालिकाद्वारा क्षयरोगको औषधि नियमित खानेलाई पोषणयुक्त खानेकुरा

झापा । मेचीनगर नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि प्रत्यक्ष निगरानीमा औषधि...

धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

चितवन । एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई...

कारको ठक्करबाट दुई जनाको मृत्यु

कारको ठक्करबाट दुई जनाको मृत्यु

कृष्णनगर (कपिलवस्तु) । बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई...