back
CTIZAN AD

गोल्डेन टेम्पल सङ्ग्रहालय बन्दै

वि.सं.२०७३ मंसिर १२ आइतवार

1.1K 

shares

 १२ मङ्सिर,ललितपुर । एक सयवर्ष पुराना सामग्री समेटेर हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) सङ्ग्रहालयमा परिणत हुने भएको छ ।

महाविहारको माथिल्लो तलामा स्थानीयवासीले बुझाएका बौद्ध र हिन्दू धर्मसँग सम्बन्धित धेरै बस्तु छन् । महाविहार संरक्षण समितिका अध्यक्ष विकासरत्न धाख्वाले भन्नुभयो, “दाजुभाई छुटिँदा पनि कतिपय धार्मिक सामग्री यहाँ नै राख्न दिएका छन् ।’’ निजी गुठीले पनि गुठीमा नियमित प्रयोगमा ल्याउन नसकेका सामग्री महाविहारमा नै बुझाउने गरेका छन् ।
महाविहारले झन्डै एक सताब्दिदेखि सङ्कलन गर्दै आएका सामग्रीे पर्यटकलाई समेत देखाउने उद्देश्य रहेको छ भन्दै उहाँले छोटो समयका लागि महाविहार आउने पर्यटकको बसाइ सङ्ग्रहालयले बढाउँछ भन्नुभयो ।
यो महाविहार उपत्यकाको तेस्रो पुरानो महाविहारमा पर्दछ । यो सबैभन्दा बढी संङ्घ(सदस्य) भएको महाविहार हो । पाटन दरबारस्क्वारमा आउने मात्रै नभएर भारत, चीन लगायतका मुलुकबाट महाविहार नै आउने धार्मिक पर्यटक पर्यटक कम्तीमा दुई घन्टा गोल्डेन टेम्पल घुम्ने आशा अध्यक्ष धाख्वाको छ ।
हिरण्य नामक मुसाले संरक्षण गरेकाले यो विहारलाई हिरण्यवर्ण महाविहार भनिएको किम्बदन्ती छ । रासस

वि.सं.२०७३ मंसिर १२ आइतवार ११:०० मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...