५ असोज, काठमाण्डौं । सुन्दा गर्वै लाग्छ नेपाल एयरलाइन्स सीधै जापान उडेन थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी छ । अर्थात, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तो आउँछ ।
अगस्ट २१ यता काण्माण्डौं–ओसाका–काठमाण्डौ १५ उडान भए। औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ । २ सय ७६ सिट क्षमताको वाइडबडी अगस्ट ३१ मा त काठमाण्डौंबाट १८ जना बोकेर उड्यो ।
‘ओसाका सेक्टर अत्याधिक घाटा उडान हो’, नेपाल वायुसेवा निगमका उच्च अधिकारी भन्छन्, । ‘भाडा, दुरी र खर्च हेर्दा यस रुटको अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुगे मात्र नाफामा जान्छ ।’
लामो गन्तव्य नपाएर एक वर्ष अलमलिएको बाइडबडी ओसकाका उडाउने तयारी भइरहेको थियो । निगम दिवसमा प्रधानमन्त्री केपी ओलीले भने, ‘उडाउनुपथ्र्यो नारिता, उडान खोजिँदै छ, ओसाका ।’ नारिता, टोक्योसँगैको विमानस्थल हो । त्यहाँभन्दा टाढाको सहर ओसाकाबाट नेपाल आउने र यताबाट त्यहाँ जाने यात्रु कम हुन्छन् । यो जापान क्षेत्रीय केन्द्र हो, जहाँ नेपालसँग हवाई व्यापार चम्किने कुनै साइनो छैन आइतबारको अन्नपुर्ण दैनिकबाट ।
वि.सं.२०७६ असोज ५ आइतवार ०८:५४ मा प्रकाशित



























