अफिसमा धेरैजसो हाकिमको गाली सुन्नु पर्दा तपाइमा तनाव उत्पन्न पनि हुन सक्छ । तर, तपाइले त्यो गाली पनि केही सिक्नका लागि सकारात्मक रुपमा लिनुभयो भने धेरै कुरा सिक्न सक्नुहुन्छ । आउनुहोस् त्यस्ता हाकिमबाट के कुरा सिक्न सकिन्छ त ?
तपाइको हाकिम सधै यो सोचिरहेका हुन्छन् कि, आफ्ना कर्मचारीको क्षमता विकास गर्नका लागि कुन कर्मचारीलाई कुन काम लगाउन जरुरी हुन्छ भन्ने । यसकारण पनि उनी तपाइलाई निर्देशन दिन्छन् । कडा स्वभावको हाकिममा महत्वपूर्ण कुरा यो हुन्छ कि, उनीहरु तपाइलाई क्लियर निर्देशन दिन्छन् । तर, तपाइ त्यसलाई अटेर गरेर काम ठिकसँग नगरेमा उनी तपाइलाई फेरि गाली गर्न थाल्छन् । तपाइलाई सधै यो थाहा हुन जरुरी छ कि, तपाइको अगाडिको मान्छेको तपाइप्रति कामको बारेमा कस्तो अपेक्षा गरेको छ र त्यो काम स्पष्टरुपमा गर्न जरुरी हुन्छ ।
प्रसंसाको चाहना नराखी काम गर्नुहोस्
जुन हाकिम स्वभावले कडा छन्, उनीहरु मुस्किलले कुनै कर्मचारीको प्रसंसा गर्छन् । यस्तो अवस्थामा तपाइ विस्तारै विस्तारै यो बानी बसाल्न जरुरी हुन्छ कि, तपाइ प्रसंसाको अपेक्षा नगरी काम गर्नुहोस् । यस्तो सकारात्मक बानी तपाइ आफ्नो जीवनमा पनि बसाल्नु भयो भने तपाइका सामु कुनैपनि काम बोझ रहदैनन् ।
क्वालिटीमा सम्झौता नगर्नुहोस्
क्वालिटीमा कुनै पनि सम्झौता नगर्ने बानी पनि तपाइ आफ्नो हाकिमबाट पनि सिक्न सक्नुहुन्छ । हप्ताको ४ दिन तपाइलै राम्रो काम गर्नु भएको छ तर १ दिन पनि तपाइ क्वालिटीमा सम्झौता गर्नुहुन्छ भने हाकिमबाट तपाइलाई गाली अवस्य आउछ । त्यसकारण पनि तपाइ कामको क्वालिटीमा सम्झौता नर्गनुहोस् ।
आफ्नो चीज व्यवस्थित राख्नुहोस्
राम्रो लिडर हुनुको एक मुख्य गुण यो पनि हो कि, तपाइ आफ्नो चीज सदैव व्यवस्थित राख्नुहुन्छ । यदि तपाइको हाकिम कडा स्वभावका छन् भने तपाइलाई उनले अह्राएको काम सहि समयमा गर्नुहुन्छ र आफ्नो फाइल आदि सहि ठाउँमा राख्न जरुरी हुन्छ । ताकि, तपाइलाई आवस्यक हुनासाथ फाइल भेटियोस् । यो जस्तै तपाइको निजी जिन्दगीमा पनि सवै चीज व्यवस्थित राख्नुस् कि तपाइलाई आवस्यक पर्नासाथ भेट्न सहज होस् ।
वि.सं.२०७६ असोज ५ आइतवार ०९:०७ मा प्रकाशित



























