back
CTIZAN AD

डेनमार्कबाट उदयको प्रश्न–‘खगेन्द्र बा किन खल्लो भयो संबिधान दिवस ?’

वि.सं.२०७६ असोज ५ आइतवार

972 

shares

संविधान दिवसको अवसर पारेर पैंयु गाउँपालिकाले मनाएको संविधान दिवसको फोटोले सामाजिक संजालमा चर्चा पाएको छ । यसै विषयलाई लिएर डेनमार्कमा रहेका उदय गौतमले पनि फोटो देख्दा टिठ लागेको भन्दै सामाजिक संजालमा प्रश्न उठाएका छन् ।

उनले भनेकाछन् ‘सामाजिक संजालमा पैयुँ गाउँपालिकाले संबिधान दिवस मनाउंदै गरेको टीठ लाग्दो फोटो देखा पर्यो । शुरुमा विश्वास लागेन । आँखा मिचेर हेर्दा पनि त्यहि दृश्य देखा पर्यो । साँच्चिकै चिसो पानी खन्याउनु भयो खगेन्द्र बा १ यो संबिधान प्राप्त गर्न जिउ ज्यान दिने सहीदका सपनामा । बेपता घाइते र टुहुरा टुहुरीका सपनामा ।’

यस्तो लेखेका छन् गौतमले

खगेन्द्र प्रसाद तिवारी । पर्बत पैयुँ गाउँपालीकाका प्रमुख, तपाईं अर्थात खगेन्द्र बा हामी सबैका बा । संबिधान दिवसको दिन गाउँपालिका कार्यालयको मुलगेटमा सम्पन्न संबिधान दिवसको भब्य कार्यक्रमको फोटोले हामी सबैको ध्यानकेन्द्रित बनाएको छ । मानिसहरुको ध्यान दुइवटा कारणले तानिन्छ । यात बिघ्न बिछट्ट राम्रो भव्य भयो भने या त फेरि कुरुप विद्रूप भयो भने । यस पटक पालिका कार्यालयको दृश्यले एउटा कुरूपताको झल्को भने मज्जाले दियो ।

नेपाल नाम गरेको देशमा जरा गाडेर बसेको २४० बर्ष पुरानो सामन्तवादी व्यवस्थाको अन्त्यपछि निर्माण भएको नेपालको संबिधान २०७२ ले स्थानीय निकायलाई अधिकार सम्पन्न बनाइ सिंहदरबारको अधिकार प्रत्यायोजन गर्ने मूल मर्मलाई कति आत्मसात गर्यो त्यो सम्भवत ः अहिले बहसको बिषय हुन सक्छ । सिंहदरवार उतै पुगेको अनुभूति आम सर्वसाधारणले कति गरेका छन् त्यो कुरा मैले भन्दा यहाँहरुले बढी जानकारी राख्नु हुन्छ ।

लोकतन्त्रलाई संस्थागत गर्ने दौरानमै संबिधान ४ बर्षको उमेरको भएको छ । संगसंगै संबिधान दिवस पनि भब्य रुपले मनाएको तस्विरहरु भाइरल बनेका छन् । दिवस मनाउन केहि बालबालिका सहित २४ जना जति फलामे ढोकामा उभिनु भएछ । यसको निम्ति यहाँहरु बधाइका पात्र हुनुहुन्छ । खुशिलाग्यो यस अर्थमा कि, शाही सेनाले हातका सबै औंलामा फलामका काँटी रोपेर मलाइ सोधेको थियो ः ‘ए बाहुन यो संबिधान मान्छस् कि मर्न चाहन्छस् ?’ जवाफमा मैले ‘बरु मलाइ मार राजतन्त्र सहितको संबिधान मलाइ स्वीकार्य छैन ।’ खै किन हो मारेन । नयाँ गणतान्त्रिक संबिधान देख्न लेखेको रहेछ ।

अनि यसपटक संबिधान दिवसको अघिल्लो रात मैले एउटा मिठो सपना देखें । भोलिपल्ट बिउंझदा मन निकै रोमाञ्चित बन्यो । चिया पिउंदै गर्दा बुढीसँग सपनामा देखेको कुरा जम्मै भनें । खगेन्द्र बाको नेतृत्वमा पैयुँ गाउँ पालिका भरिका स्कुलका शिक्षक बिद्यार्थी, कार्यालयका कर्मचारी, ब्यापारी बर्ग आम सर्व साधारण किसान, महिला सबै आज विशाल जुलुस सहित संबिधान दिवस मनाउन बजार परिक्रमा गर्दै गरेको सपना थियो । सुने, पछि बुढी पनि निकै खुशी भइन् । त्यसको झन्डै २ घण्टा जति पछि हुनुपर्छ सामाजिक संजालमा पैयुँ गाउँपालिकाले संबिधान दिवस मनाउंदै गरेको टीठ लाग्दो फोटो देखा पर्यो । शुरुमा विश्वास लागेन । आँखा मिचेर हेर्दा पनि त्यहि दृश्य देखा पर्यो । साँच्चिकै चिसो पानी खन्याउनु भयो खगेन्द्र बा ! यो संबिधान प्राप्त गर्न जिउ ज्यान दिने सहीदका सपनामा । बेपता घाइते र टुहुरा टुहुरीका सपनामा ।

हजुरलाइ कत्तिको सम्झना छ कुन्नि ! सम्भवत : २०३२ साल तिरको कुरा हुनु पर्छ म कक्षा ५ मा थिएँ । हुवास गाउँ पंचायतका तत्कालिन प्रधानपन्च श्री छायादत्त तिवारीको हातबाट मैले एउटा राजा नाम लेखेको बिस्कुट उपहार पाएको थिएँ । खुसुक्क दिनु भयो होला भनेर सोंच्नु होला नि । राजा बिस्कुट खुसुक्क पाउने भन्ने सजिलो कुरा थिएन ।

जनसेवा नि मा वि पैयुँ हटियामा पुष १ गते राजा महेन्द्रले कु गरेको दिनमा संबिधान दिवस प्राय ः हरेक बर्ष मनाइन्थ्यो । ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता आधा दर्जन नारा हामीले अघिल्लो दिन नै घोकेर कण्ठस्त पार्नुपथ्र्यो । विद्यार्थीको जुलुसमा सबै भन्दा चर्को स्वरमा नारा लगाए बापत छायादत्त हजुरबा खुशी भएर मलाइ राजा बिस्कुट उपहार दिनु भएको थियो । यस पटक गणतन्त्रको संबिधान दिवस मनाउँदा स्कुलको कुनै विद्यार्थीलाई हजुरले केहि उपहार दिनु भएको हेर्ने सुन्ने धोको थियो अधुरै रहने भयो । राजा बिस्कुट भने, अहिले पाइने कुरै भएन । न रहे बास न बजे बाँसुरी । राजा नै नभएपछि राजा बिस्कुट पाइने कुरै भएन ।

कतै केहि बर्ष पंचायतमा काम गरेको हुँदा हजुरलाई पनि यो गणतन्त्रको संबिधान दिवस मनाउन अलि अल्छी लागेको त हैन पनि भन्छन मानिसहरु । मलाइ भने अरुको कुरामा पत्यार छैन किनकि, म हजुरको बानीसँग परिचित छु । जे मा लाग्यो इमान्दारीपूर्वक लाग्नु हुन्छ । ‘बहिरो हाँसे पहिरो चल्छ’ भन्छन् । जनता निरास भए भने अर्को निर्णय गर्छन अर्कोपटक भन्ने कुराको ख्याल गाउँ पालिकाका सबै पदाधिकारीहरुले गर्नुपर्छ । मेरो अनुरोध । अर्को साल भने अहिले जस्तो खल्लो नबनाउनु होला है ।’

हजुरको दिन शुभ होस् !!!
अभिबादन सहित
उदयराज गौतम

वि.सं.२०७६ असोज ५ आइतवार १०:३७ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...