back
CTIZAN AD

स्थानीय तहका जनप्रतिनिधिलाई नेकपाको दुईदिने प्रशिक्षण

वि.सं.२०७६ असोज ५ आइतवार

792 

shares

५ असोज, दोलखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीय कमिटीका पदाधिकारीलाई दुईदिने प्रशिक्षण दिएको छ ।

(नेकपा) दोलखाको आयोजनामा शुक्रबार र शनिबार गरी दुई दिन स्थानीय तहका जनप्रतिनिधि, स्थानीय तह कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका सदस्यका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रममा (नेकपा) का स्थायी कमिटी सदस्य तथा स्कूल विभाग उपप्रमुख वेदुराम भुषालले पार्टीको राजनीतिक कार्यदिशा, स्कूल विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य देवेन्द्र पौडेलले निर्वाचित जनप्रतिनिधि र स्थानीय तहको सम्बन्धको विषयमा प्रशिक्षण दिएका थिए ।

त्यसैगरी प्रदेश नं ३ का सहइन्चार्ज हितमान शाक्यले सङ्गठन सम्बन्ध, अन्तरसम्बन्ध तथा प्रदेश नं ३ का सचिव आनन्द पोखरेलले सरकारले गरेको काम र भावी दिशाको बारेमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक्रमको समापन गर्दै (नेकपा) दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले स्थानीय तहमा नागरिकको चाहनाअनुसार काम हुन नसकेको भन्दै जनप्रतिनिधि र नागरिकको बीचमा दूरी बढ्न थालेको र त्यस्ता विषयको निराकरण गर्नका लागि पार्टी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताए ।
प्रशिक्षण कार्यक्रममा दोलखाका दुई नगरपालिका र सात गाउँपालिका गरी नौ वटै स्थानीय तहका जनप्रतिनिधि, स्थानीय तहका कमिटी, जिल्ला कमिटीका सदस्यको सहभागिता थियो । (रासस)

वि.सं.२०७६ असोज ५ आइतवार १०:३८ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...