back
CTIZAN AD

मानव सेवा आश्रममा फलफूल वितरण

वि.सं.२०७६ असोज ५ आइतवार

804 

shares

५ असोज, पोखरा । संविधान दिवसको अवसरमा गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा शनिबार पोखरा–१७ छोरेपाटनस्थित मानव सेवा आश्रममा फलफूल वितरण गरियो ।
आश्रममा आकाशलाई छानो बनाएर कठिन परिस्थितिमा वर्षौँदेखि सडकमा बस्दै आएका मनोरोगी र सेवकसेविका गरी कूल ९६ जनाले आश्रय लिँदै आएका छन् ।
गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सो आश्रममा आश्रितलाई फलफूल वितरण गर्दै नेपालमा अब कोही पनि मानिस भोकै र अनाथ हुनुपर्ने अवस्था नरहने व्यवस्था संविधानमै रहेको बताउनुभयो ।
उनले परिवारबाट अपहेलित वा पीडित भई तथा छिन्नभिन्न भएका व्यक्तिको सामाजिक उत्तरदायित्व राज्यले लिनुपर्नेमा जोड दिए ।
मानव सेवा आश्रमका अध्यक्ष होमनाथ शर्माले मुलुकको विभिन्न स्थानमा सञ्चालित आश्रमले हाल ८०० भन्दा बढी मानिसलाई सेवा प्रदान गरिरहेको जानकारी दिए । उनले सडकमा बेवारिसे अवस्थामा भेटिएका त्यस्ता किसिमका मानिसको उद्धार गरी धेरैलाई पारिवारिक पुनर्मिलनसमेत गराइएको बताउँदै यस कार्यमा तीन वटै सरकार जिम्मेवार हुनुपर्ने विचार राखे ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १० स्थित विष्णुकुमारी गुरुङले बुबाको स्मृतिमा उक्त आश्रमलाई रु नौ हजार नगद प्रदान गरेका थिए । (रासस)

वि.सं.२०७६ असोज ५ आइतवार ११:१७ मा प्रकाशित

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

धौलागिरि हिमाल आरोहण वापत एक करोड ३४ लाख सलामी दस्तुर

गण्डकी । धौलागिरि हिमाल आरोहणबापत यस याममा सरकारले एक करोड...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

साइत हेराएर मात्र यसरी गरिन्छ भिर मौरीको शिकार !

नवीन लामिछाने, मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको...

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार

काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’मा यस वर्षको दोस्रो...