back
CTIZAN AD

कर्णाली सरकारद्वारा वृक्षरोपण

वि.सं.२०७६ असोज ५ आइतवार

909 

shares

५ असोज, सुर्खेत । संविधान दिवसका अवसरमा कर्णाली प्रदेश सरकारले आज ३०० वृक्षरोपण गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारी टोलीले राजधानी वीरेन्द्रनगर सुर्खेतको मङ्गलगढी चोकदेखि एयरपोर्टसम्मको करीब दुई किलोमिटर सडक बीचमा वृक्षरोपण गरेका हुन् ।

वन, वन्यजन्तु र मानवबीचको अन्योन्याश्रित सम्बन्धलाई दिगोरूपले कायम गर्न गर्ने हेतुले वृक्षरोपण गरिएको मुख्यमन्त्री शाहीले बताए ।

“कर्णाली प्रदेश सरकारले चालू आव २०७६÷७७ बाट यहाँका सबै स्थानीय तहको केन्द्रलाई हरित नगरका रूपमा विकास गर्ने नीति लिएको छ”, मुख्यमन्त्री शाहीले भने, “त्यसैअनुरुप हामीले संविधान दिवसकै अवसरमा वीरेन्द्रनगरमा आज ३०० बिरुवा रोपेका छौँ ।” सरकारको यो नीतिले कर्णाली प्रदेशलाई वातावरणमैत्री प्रदेश निर्माण गर्नमा सघाउ पुग्ने उनको विश्वास छ ।

कार्यक्रममा मुख्यमन्त्री शाहीसहित कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, कर्णाली प्रदेशसभाका सदस्य, प्रमुखसचिव केवलप्रसाद भण्डारी, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशी, नागरिक अगुवासहितको सहभागिता थियो । (रासस)

वि.सं.२०७६ असोज ५ आइतवार ११:३० मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...