५ असोज, काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिवमा इजरायलमा रहेका दीपक प्रसाद ओलीले उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौंमा हुने संघको नवौं सममेलनमा ओलीले आगामी २०१९–२१ का लागि सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले आफूले आइसिसि सचिवमा उम्मेदवारी दिएकोले सबैको सहयोगको अपेक्षा राखेको पनि बताएका छन् ।
‘संस्थाले दिएको जिम्मेवारीलाई जुनसुकै हालतमा पनि पूरा गर्ने र संस्थाको विकासका लागि सचिबमा मेरो उम्मेदवारी, दृढ संकल्प सहित पुरा गर्छु जिम्मेवारी’ भन्दै आफ्नो उम्मेदवारी घोषणा गरेका ओली एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका अभियन्ता हुन् ।
‘देश विकासमा यूवाको भुमिका महत्वपूर्ण हुने गरेता पनि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट मुलुकले रेमिट्यान्स बाहेक खासै लाभ लिन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै मेरो जीतले नेपाल सरकारसँगको समन्वयमा विदेशमा रहेका तमाम युवा जनशक्तिबाट मुलुकले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण सृजना गर्न लागिपर्ने छु ।’ उम्मेदवारी घोषणा गर्दै उनले भनेका छन् ।
युवाहरुलाई स्वदेशमा नै रोजगारी सृजना गर्ने, युवाहरुको भूमिकालाई राज्यतहमा पु¥याउने र विदेशमा रहेका युवाहरु जो दोश्रो पुस्ताका एनआरएनहरुलाई नेपाली कला संस्कृति तथा सामाजिक भावाना जगाउन पहल गर्ने योजना आफ्नो रहेको पनि उनले बताएका छन् ।
‘वर्तमान नेतृत्वले अघि सारेको एनआरएनको भिजन ट्वान्टी–ट्वान्टी एण्ड वियोन्ड, समुहिक लगानीका परियोजना निर्माण लगायतका कार्यक्रमहरुलाई अगाडि वढाउन हदैसम्मको दवाव सृजना गर्ने छु ।’ उनले भनेका छन् ।
वि.सं.२०७६ असोज ५ आइतवार १३:४९ मा प्रकाशित


























