back
CTIZAN AD

सन्राइज बैंक द्वारा क्याम्पसलाई सहयोग

वि.सं.२०७६ असोज ६ सोमवार

840 

shares

६ असोज, नवलपरासी । सन्राइज बैंक लि. सुनवल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनवल नगरपालिका वडा नं. ४ स्थित महाकवि देवकोटा क्याम्पसलाई रु.३२ हजार बराबरको शैक्षिक सामग्री लगायतका सामान सहयोग प्रदान गरेको छ ।

क्याम्पसद्धारा आयोजित क्याम्पस सभा कार्यक्रममा सुनवल शाखाका शाखा प्रमुख  प्रकाश खनालद्धारा सो क्याम्पस संचालक समितिका अध्यक्ष  कृष्ण प्रसाद लामिछानेलाई उक्त सामान हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा संघिय संसद एवं पुर्व गृहराज्य मन्त्री माननीय  देवेन्द्र राज कंडेल प्रमुख अतिथि तथा विशेष अतिथिमा सुनवल नगरपालिकाका मेयर भिमबहादुर थापा क्षेत्री (भरत)  रहेको उक्त कार्यक्रममा सुनवल क्षेत्रका व्यक्ति एवं बुद्धिजिवी लगायत समाजका अन्य विशिष्ठ व्यक्ति को उपस्थित रहेको थियो ।

हालसम्म सन्राइज बैंकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।

 

वि.सं.२०७६ असोज ६ सोमवार १२:५३ मा प्रकाशित

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...