back
CTIZAN AD

अमेरिका र इरानलाई वार्तामा बस्न फ्रान्सेली राष्ट्रपतिको आग्रह

वि.सं.२०७६ असोज ८ बुधवार

795 

shares

८ असोज, संयुक्त राष्ट्रसंघ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले संयुक्त राज्य अमेरिका र इरानलाई वार्तामा बस्न आग्रह गरेका छन् । उनले यी दुवै देशलाई वार्तामा बस्ने समय भइसकेको बताएका हुन् ।

उनले भने– मलाई विश्वास छ आणविक सम्झौताका विषयमा अब अमेरिका र इरानले टेबलमा बसेर विवाद सुल्झाउनुपर्छ र यस सम्झौताका हस्ताक्षरकर्ता राष्ट्रहरुसँग बसेर छलफल गर्नुपर्छ ।
सन् २०१५ को आणविक सम्झौताको नामै लिएर उनले सो आग्रह गरेका थिए । विश्वका विभिन्न शक्तिराष्ट्रहरले इरानसँग उक्त आणविक सम्झौता गरेका थिए । उक्त सम्झौताको हस्ताक्षरकर्ता रहेको अमेरिकाले भने उक्त सम्झौताबाट आफू अलग्गिएको घोषणा गरेको थियो ।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोले सो आग्रह गरेका हुन । उनले इरानले आणविक उत्पादन र विकास भने नगरेको बताउनुभएको समाचारमा जनाइएको छ ।
फ्रान्सेली राष्ट्रपति म्याक्रोले इरानमाथि आणविक सम्झौताका विषयलाई लिएर दवाब मात्र दिँदा त्यसले क्षेत्रीय रुपमा तनावमात्र उत्पन्न गर्नेहुँदा यस विषयलाई वार्ताको माध्यमबाट समधान गर्नुपर्ने धारणा राख्नुभएको हो ।
साथै हालैमात्र साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा भएको हमलाको यमनको हुथी विद्रोहीले जिम्मेवारी लिएको भए पनि अमेरिकाले भने त्यस घटनामा इरानको हात रहेको आरोप लगाएको प्रसंग पनि आफ्नो सो सम्बोधनका क्रममा उल्लेख गरेका थिए ।

यस्तै कारणहरुले पनि पछिल्लो समयमा यस क्षेत्रमा द्वन्द्वको अवस्था सृजना भएको र यसले कुनै पनि देशलाई राम्रो नगर्ने उनले बताएका छन । अनुमानका आधारमा गरिने यस्ता दोषारोपणहरुले समस्याको शान्तिपूर्ण समाधानलाई भन्दा पनि द्वन्द्व बढाउने कामलाई सघाउने उनले बताए । (सिन्ह्वा)

वि.सं.२०७६ असोज ८ बुधवार १३:४६ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...